काठमाडौं। बलिवुड अभिनेता अमिताभ बच्चनमा कोरोना संक्रमण देखिएको छ। ७७ वर्षीय अभिनेता बच्चनले सामाजिक संजालमा पोस्ट राख्दै उक्त जानकारी गराएका हुन्।

सामाजिक संजाल मार्फत उनले आफूमा कोरोना संक्रमण देखिएको र परिवारका अन्य सदस्य तथा स्टाफको नतिजा आउन बाँकी रहेको बताएका छन्। उनले पछिल्लो १० दिनमा आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परिक्षण गर्न आग्रह समेत गरेका छन्।

Please follow and like us:

Comments