६ साउन, काठमाडौं 

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ९ जना कोरोना संक्रमित थपिएका छन् । म्याग्दी, बागलुङ र स्याङ्जामा ३÷३ जना संक्रमित थपिएका हुन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा २ जना र बेनी नगरपालिकामा एक जना संक्रमित भेटिएका छन् । बागलुङको ताराखोला गाउँपालिकामा ३ जना । स्याङ्जाको फेदीखोला गाउँपालिकामा ३ जना संक्रमित भेटिएका गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ सय २९ पुगेको छ ।

Please follow and like us:

Comments