मेक्सिकोमा सुरक्षा प्रमुख रिकार्डो निनो भिलारियलको गोली हानी हत्या गरिएको छ ।

स्थानीय समय अनुसार शनिवार उत्तर पूर्वी तामाउलिपास राज्यमा उनीसँगै उनकी पत्नीको हत्या गरिएको हो । सवारी साधनबाट अर्को राज्यतर्फ गइरहेका उनीहरुको शव अर्को दिन मात्र भेट्टाइएको थियो । भिलारियल तमाउलिपासमा चर्किएको हिंसा नियन्त्रणका उपायबारे छलफल गर्न रिकार्डो त्यसतर्फ गएका थिए ।

लागु औषध तस्करहरुबीचको संघर्षका कारण त्यस क्षेत्रमा हिंसा भड्किएको छ । त्यहाँको सुरक्षा जिम्मा सेनाले लिएको छ ।

Comments