काठमाडौं। लोकप्रिय कलाकार हरिवंश आचार्यको गाइजात्रा विशेष भिडियो सार्वजनिक भएको छ। यस वर्षको गाइजात्रा भिडियोमा आचार्यले गीत मार्फत व्यंग गरेका छन्।

गीत तथा भिडियोमा आचार्यले विशेषगरि अहिले नेपालमा चलिरहेको राजनीतिक गुटबन्दी, खिचातानी, चाप्लुसी, नेताहरुमा मै हूँ भन्ने अहमता र राजनीति तथा समाजमा ‘म मात्र जान्ने छु’ भन्ने मान्छेहरुको अहमतामाथि झटारो हानेका छन्।

हरिवंशको स्वर तथा प्रस्तुति रहेको गीतको शब्द हरिवंशले नै लेखेका हुन्। भिडियोलाई मह संचारको युट्युब च्यानलमा हेर्न सकिन्छ।

Please follow and like us:

Comments