एजेन्सी। कोरोना भाइरस संक्रमण भएको कुकुरको मृत्यु भएको छ। अमेरिकामा पहिलो पटक कुकुरमा कोरोना भाइरस संक्रमण देखिएको भनिएको कुकुरको मृत्यु भएको हो।

गत अप्रिल महिनामा न्युयोर्कमा कोरोना भाइरस संक्रमण फैलिरहेको समयमा बड्डी नाम गरेको उक्त कुकुरको स्वासप्रश्वासमा समास्या देखिएको थियो। एक महिना पछि उसमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।

६ वर्षको उक्त कुकुरको जुलाई ११ मा मृत्यु भएको बताइएको छ। परिवारको एक सदस्यमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उक्त उसमा पनि संक्रमण देखिएको थियो। कुकुर पूर्ण निको हुने विश्वास लिइएको थियो। तर उसमा क्यान्सरको पनि लक्षण देखिएकोले कोरोना भाइरसलाई जित्न नसकेको अनुमान गरिएको छ।

त्यसयता अमेरिकामा अन्य कुकुरमा पनि संक्रमण देखिएको छ। तथ्याङ्कहरु जनावरबाट कोरोना भाइरस सर्न सक्ने सम्भावना भने न्युन देखाउंछ।

Please follow and like us:

Comments