मेलबर्न। अष्ट्रेलियावासी उज्ज्वल घिमिरे ( UjK ) ले भाग्यमा लेखेको यस्तै रहेछ भनि बस्ने होइन, मैले आफूले चाहे अनुसारको भाग्य लेख्नेछु भन्ने अठोट लिनुपर्ने संदेश दिएका छन्। उक्त संदेश उनले आफ्नो नयाँ गीत ‘ उपदेश’ मार्फत दिन खोजेका हुन्।

गीतको शब्द रचना आफैले गरेका UjK ले यो उपदेश आफैले आफैलाई दिएको बताएका छन्। त्यस्तै, गीतमा संगीत डेभिनको रहेको छ भने संगीत संयोजन तथा भिडियो सिर्जना सौरभ ठकुरी ( मिस्टा चाम्लिङ्ग ) ले गरेका छन्।

UjK संगै मिस्टा चाम्लिङ्गको पनि प्रस्तुति रहेको गीतको म्युजिक भिडियो UjK को अफिसियल च्यानल मार्फत सार्वजनिक भएको हो।

Please follow and like us:

Comments