एजेन्सी । जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । राति भएको खेलमा लियोनलाई ३ शून्यले हराउँदै बायर्न फाइनलमा पुगेको हो ।

बायर्नको जितमा सर्ज गनाब्रीले दुई तथा रोबर्ट लेवान्डोस्कीले एक गोल गरे । बायर्न प्रतियोगिताको फाइनलमा पुगेको यो ११ औँ अवसर हो ।

अब बायर्नले फाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग खेल्नेछ । फाइनल खेल आइतबार लिसबनको बेनफिकाको स्टेडियमा हुनेछ ।

 

Please follow and like us:

Comments