काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत बुधबार राति भएको आफ्नो पहिलो खेलमा सन्दीप लामिछानेले विकेट लिएका छन् । सेन्ट लुसियाविरुद्धको यस यामको पहिलो खेलमा सन्दीपले एक विकेट लिएका हुन् ।

खेलमा उनको टिम जमैका तलावाज विजयी भयो । जमैकाले सेन्ट लुसियालाई पाँच विकेटले हराएको हो । सन्दीपले आफ्नो टोलीबाट सबैभन्दा किफायती बलिङ गरे ।

सन्दीपले चार ओभर बलिङ गर्दै २३ रन खर्चेर एक विकेट लिएका थिए । नवौँ ओभरमा बलिङ गर्न आएका उनले पहिलो ओभरमा आठ रन दिए । त्यसपछि ११ औं ओभरमा सन्दीपले तीन रन मात्रै खर्चे । यस्तै खेलको १३औं ओभरमा उनले आठ रन दिए ।

अब सन्दीपको टोली जमैकाले शनिबार ट्रिबागो नाइट राइटर्ससित दोस्रो खेल खेल्नेछ । उक्त खेल बिहान सवा तीन बजे सुरु हुनेछ ।

Please follow and like us:

Comments