काठमाडौं। आफूलाई सामाजिक संजालमा गरिएको ट्रोलको जवाफ स्वरुप गायक दुर्गेश थापाले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन्। उनले ‘आलु जस्तो गायक’ नामक म्युजिक भिडियो युट्युब मार्फत सार्वजनिक गरेका हुन्।

एक टेलिभिजन कार्यक्रममा दिएको अन्तर्वार्ताको क्रममा दुर्गेश थापाले चर्चित गीतहरुसंग गायकको फरक नाम लिएर ती गाउँदा सामाजीक संजालमा ट्रोलको शिकार बने।

त्यही ट्रोलको जवाफको रुपमा दुर्गेशले ‘आलु जस्तो गायक’ मार्फत आफू गाउँले परिवेशमा हो हो माले भन्दै र पन्चे बाजा तथा रत्यौलीका भाका सुन्दै हुर्किएको, प्रकृति नै आफ्नो संगीतको गुरु रहेको, अरुको पाइला पछ्याउन नचाहेको बताएका छन्।

Please follow and like us:

Comments