च्याम्पियन्स लिग फुटबलको फाइनल खेल आज राति पोर्चुगलको लिस्बनमा हुँदैछ । उपाधिका लागि पेरिस सेन्ट जर्मेन (पीएसजी) र बायर्न म्युनिखबीच प्रतिस्पर्धा हुदैछ ।

खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ ।

सेमिफाइलनमा बायर्नले लियोनलाई र पीएसजीले लाइप्जिगलाई हराएको थियो । पाँच पटक उपाधि जितेको बायर्न म्युनिख ११ औं पटक फाइनल खेल खेल्दैछ भने पीएसजी पहिलोपटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो ।

बायर्नले अन्तिम पटक सन् २०१३ मा च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।

 

Please follow and like us:

Comments