मेलबर्न। अष्ट्रेलियाबाट आयोजित अनलाइन एकल तीज नृत्य प्रतियोगिताको नतिजा घोषणा भएको छ। गुल्मी समाज भिक्टोरिया र नेपअस क्रियुको संयुक्त आयोजनामा भएको प्रतियोगिताको अनलाइन लाइभ मार्फत आज अर्थात ऋषि पन्चमीको दिनमा नतिजा घोषणा गरिएको हो।

सोनी गुरुङ : दोस्रो स्थान

प्रतियोगितामा तेस्रो स्थान नेपालबाट सहभागी भएकी रुपा लामाले हासिल गरेकी छिन्। त्यस्तै नेपालबाट नै सहभागी भएकी सोनी गुरुङले दोस्रो स्थान प्राप्त गरेकी छिन्। र, प्रतियोगिताको उपाधी नेपालबाट नै सहभागी भएकी अनुषा राउतले जित्न सफल भएकी छिन्।

तेस्रो स्थान : रुपा लामा

एक्स्पर्ट एजुकेशनले मुख्य प्रायोजन गरेको प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगितालाई क्रमश ७५०, ५०० र २५० डलर पुरस्कार राशी रहेको थियो । साथै, उत्कृष्ट दशमा पर्न सफल भएका अन्य सबै प्रतियोगीलाई ५० / ५० डलर पुरस्कार दिने निर्णय गरिएको आयोजकले बताएका छन्।

आयोजक संस्थाहरुले कोरोना भाइरस महामारीका कारण तीज कार्यक्रम गर्न नसकेको अवस्थामा ल्याइएको अनलाइन तीज नृत्य प्रतियोगितामा सबैको साथ र सहयोगले कार्यक्रम सफल भएको बताउँदै प्रायोजक संस्थाहरु, निर्णायक मण्डल, प्रतियोगीहरु, सामाजिक संजाल मार्फत भिडियो हेरेर सहयोग गर्ने दर्शकहरु तथा सहयोग गर्ने सम्पूर्ण संघ संस्था, व्यक्ति र मिडियाप्रति कृतज्ञता प्रकट गरेका छन्।

गुल्मी समाज भिक्टोरिया र नेपअस क्रियुले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगितामा अगस्ट १९ सम्म भिडियो पठाउनको लागि अनुरोध गरिएको थियो। ती प्राप्त भिडियो मध्येबाट बम बहादुर कार्की, मन्जु पौडेल, सायद श्रेष्ठ, कृति खनाल, विदुर सिवाकोटी सहितको निर्णायक मण्डलले उत्कृष्ट दश भिडियो छनोट गरेको थियो ।

त्यसपछि ती उत्कृष्ट १० प्रतियोगीको भिडियो सामाजीक संजालमा रखिएको थियो । ती भिडियोलाई कतिले मन पराउँछन् अर्थात लाइक, कमेन्ट, सेयर कति रह्यो त्यसलाई मूल्यांकनमा जोडिएको थियो। आयोजकका अनुसार, सामाजिक संजालबाट आउने प्रतिक्रियाको लागि ३० र निर्णायक मण्डलले गर्ने मूल्यांकनको लागि ७० गरि १०० पूर्णांक राखिएको छ। यसरी आएको नम्बरको आधारमा विजेताहरुको घोषणा गरिएको हो।

Please follow and like us:

Comments