मेलबर्न। अष्ट्रेलियामा अध्ययनरत विद्यार्थी रुपेश काजी श्रेष्ठ ‘रुप्पी’ को नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।

कोरोना महामारीले निम्त्याएको हालको अवस्थामा अष्ट्रेलियामा पढाई तथा करियर लागि संघर्ष गरिरहेका विद्यार्थीहरुको मनको भावना र व्यथा समेटिएको म्युजिक सार्वजनिक भएको हो।

उक्त ‘आज के भयो ‘ हिपहप म्युजिक भिडियोमा स्वर तथा शब्द रुप्पीको नै रहेको छ। म्युजिक भिडियोको निर्देशन भने साकार शाही र अनिश जंग कार्कीले गरेका हुन्।

Please follow and like us:

Comments