इस्लामिक स्टेट विरुद्ध लडिरहेको कुर्दिस लडाकु समुहकी एक युवतीको तस्विर सामाजिक संजालका भित्ताहरुमा अहिले छ्यापछ्याप्ती देखिन थालेको छ | ती युवती हुन् ” रेहाना” उनलाई ” एन्जेल अफ कोबाने” यानिकी कोबनेकी अप्सरा भनेर चिनिन थालिएको छ | पछिल्ला दिनहरुमा इस्लामिक स्टेट विद्रोहीहरु बिरुद्धको लडाइमा उनको सहासिक सहभागिता र पराक्रमको सर्वत्र चर्चा चलेको छ | भनिन्छ उनि एक्लैले १०० भन्दा बढी इस्लामिक बिद्रोहीलाई युद्धको क्रममा मारेकि छिन् |

1414401272199_wps_1_Claims_famous_Kurdish_Pes

 

उत्तरी सिरियाको कोबाने अहिले विश्व समुदायले ध्यान केन्द्रित गरेको क्षेत्र हो | जहाँ संसारका शक्तिशालि भनिएका राष्ट्रहरु संयुक्त रुपमा गठबन्धन सेना निर्माण गरि आतंकवादी समूह इस्लामिक स्टेट बिद्रोही बिरुद्ध खनिएका छन् | कुर्दिस लडाकुहरु सँग भिड्दै आएको इस्लामिक स्टेट बिद्रोहीलाई निस्तेज पार्न टर्की र सिरियाको सिमा क्षेत्रमा पर्ने सिरियाली उत्तरी भुमि कोबानेमा यथार्थमा कस्तो अवस्था छ भन्ने थाहा पाउन अहिले मुस्किल छ | संचार माध्यमहरुको पहुँच न्यून छ | लगातार युद्ध ग्रस्त हुँदै गर्दा त्यहाँको जनजीवन बारे सत्य तथ्य निस्पक्ष समाचार बाहिर ल्याउन तत्काल सम्भव नभएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले समेत जनाउदै आएका छन् | यद्यपि इन्टरनेटको पहुँच र सामाजिक संजालको व्यापक उपयोगले गर्दा संचारमाध्यम स्वयं घटनाबारे बुझ्न घटना स्थल पुग्न नसके पनि कतिपय समाचारहरु समाजिक सन्जाल हुँदै सार्वजनिक हुने गरेका छन् | ट्वीटर र फेसबुकबाटै चर्चाको शिखरमा पुगेकी महिला योद्धा कोबानेकि “रेहाना”को परिचर्चा अहिले संसार भर फैलिएको छ |

 

1412669587115_wps_5_A_Kurdish_woman_fighting_

आफ्ना छोराछोरी सँग रहेकी एक कुर्दिस महिला, जसले आइएस विरुद्ध आत्मघाती आक्रमणमा गरि ज्यान गुमाईन् | तस्विर श्रोत : barenakedislam

सामाजिक संजालमा गत अगस्ट २२ मा पहिलो पटक उनको तस्विर सार्वजनिक भएको थियो | सैन्य पोशाकमा देखिएकी उनि स्वयंसेवी महिलाहरुको समारोहमा उभिएको अवस्थामा देखिन्थिन | कोबानेमा सन्चार प्रतिनिधिहरुको उपस्थिति नै शुन्य भएको बेला त्यहाँ पुगेका एकजना स्विडिस पत्रकार कार्ल ड्रोटले “रेहाना” लाई भेटेका थिए | उनका अनुसार “रेहाना” कुर्दिस सैन्य लडाकु दस्ताको पहिलो कमान्डमा लड्ने अधिकारी भने  होइनन् | उनि स्वयंसेवीको रुपमा कोबाने पुलिस फोर्सको गृह सुरक्षा गार्डको जिम्मेवारी सम्हाल्ने गर्छिन् | सोहि क्रममा उनले थुप्रै इस्लामिक बिद्रोहीको हत्या गरेकी हुन् | स्विडिस पत्रकार भन्छन् ” रेहाना “न्याय” पढ्दै गरेकी विद्यार्थी थिईन् , इस्लामिक स्टेट बिद्रोहीहरुले उनका बाबुको हत्या गरे | त्यस पछि उनले पिताको हत्याको बदला लिन कुर्दिस लडाकु टोलीमा सामेल भइन् | ” स्विडिस पत्रकारकै अनुसार उनले आफ्ना बारेमा धेरै समय दिएर बोल्न चाहिनन् | उनको चर्चित बनेको नाम “रेहाना” कुर्दिस समुदायमा प्रयोग त्यति नसुनिएको नाम हो | तर यहि नाम अहिले सर्वत्र चर्चित छ |

“रेहाना” को तस्विर कोबानेका कुर्दिस समर्थकहरुले प्रयोग गर्ने एउटा ब्लगमा प्रकाशित भयो | तर भाषागत समस्याका कारण यसको प्रचार सुरुका दिनमा उति थिएन | कुर्दिस क्षेत्रबारे समाचार प्रकाशन गर्ने स्लेमानी टाइम्सले तस्विर संगै अंग्रेजी भाषामा सन्दर्भ सामग्री प्रकाशन गरे पछि भने उनको चर्चाले सामाजिक सन्जाल भरिन थाल्यो |

अक्टोबर ५ मा रेहानाको हत्या भएको अफबाह समेत फैलियो | २ लाख फलोअर भएका एक साउदी ट्वीटर प्रयोग कर्ताले ‘रेहाना” लाई इस्लामिक बिद्रोहीले घाँटी रेटी हत्या गरेको सनसनी पूर्ण खबर फैलाए | अक्टोबर १० मा कुर्दिस्तान आर्मीको नामबाट अर्का ट्वीटर प्रयोगकर्ताले उनको अर्को हसिलो तस्विर सार्वजनिक गरे | १३ अक्टोबरमा आएर उनि जीवित रहेको दावी गरिएका स्ट्याटसहरु हजारौं पटक सेयर हुन थाले | साथै उनलाई अहिले १०० भन्दा बढी इस्लामिक विद्रोही मारेको बहादुर महिलाको रुपमा ” एन्जेल अफ कोबाने”को नामबाट चिनाउन थालिएको छ |

angel

 

यो सामाजिक सन्जाल प्रोपोगान्डा कुर्दिस समुदायबाट आउनु अघि एक भारतीय ब्लगरले आफ्नो ब्लगमा काश्मिरी हिन्दुहरुको समर्थनमा वकालत गर्दै लेखेको एक ब्लग मार्फत पहिलो पटक फैलिएको मानिएको छ | उनले आफ्नो उक्त ब्लगमा कोबानेका अन्य थुप्रै महिला कुर्दिस लडाकुहरुको तस्विर समेत प्रकाशन गरेका छन् | अहिले “रेहाना”लाई कोबनेकी अप्सराको रुपमा चित्रित गर्दै समाचारका शीर्षक छापिएका छन् |

1414401328945_wps_7_Kurdish_Peshmerga_female_

 

snapshot1409

एकजना कुर्दिश ब्लगर रुवायादा मुस्तफा:ले रेहानाको बयान गर्दै लेखेकी छिन् ” उनको आकर्षक आँखा र गोरो कपालले सबै मोहित छन् | उनमा प्रशंसा गर्ने थुप्रै आधार छन् | उनि संसारका निम्ति प्रतिक बनेकी छिन् , किनकि बर्बरताका विरुद्ध महिला र पुरुष सँगै एकै शक्ति बनेर खडा हुनु अहिलेको आवस्यकता हो |

सिरियाको कोबाने क्षेत्रमा अक्टोबर महिनामा संघर्ष चरम स्थिति उक्लंदै गए पछि महिला र बालबालिकाको सुरक्षा गर्न भन्दै कुर्दिस महिलाहरुले “पिपुल प्रोटेक्सन युनिट” खडा गरि संगठित रुपमा सक्रिय हुँदै आएका छन् | साहसी युवतीहरु लडाकु दस्तामा स्वयंसेवक सुरक्षा गार्ड बनेर पसेका छन् भने कतिले सहयोगीको भूमिका खेलेका छन् | यहि क्रममामा अक्टोबर महिनामा नै “पिपुल प्रोटेक्सन युनिट”मा संलग्न केहि युवतीहरुको इस्लामिक स्टेट विद्रोहीहरुले शिर छेदन गरि हत्या गरेको तस्विर सार्वजनिक भएको थियो |

1412593956500_wps_48_ISIS_are_afraid_to_see_wo

 

 

अमेरिकी नेतृत्वको गठबन्धन सेनाले सुरु गरेको इस्लामिक स्टेट विद्रोही विरुद्धको  हवाई र स्थल हमलाका बाबजुद दिनरात संघर्ष जारी रहेको सिरिया र टर्की सिमा क्षेत्रमा पछिल्लो समय बढ्दै गएको कुर्दिस लडाकु र इस्लामिक स्टेट विद्रोही बीचको लडाईमा कयौं महिलाहरु प्रभावित बनेका छन् | प्रत्यक्ष संघर्षमा भिड्न नसक्ने महिला र बालबालिकाहरु शरणार्थीका रुपमा टर्की प्रवेश  गरेपनि युवतीहरु र कतिपय अधबैसे उमेरका महिलाहरु आफ्ना बालबच्चा त्यागेर युद्धमा होमिएका छन् | आफ्ना परिवारका सदस्य गुमाएका कतिपय महिलाहरुले आत्मघाती हमलाहरुमा आफुलाई प्रयोग गरेको समेत बताइएको छ | अन्तर्राष्ट्रिय सन्चार माध्यम बीबीसीले उल्लेख गरेका समाचारमा भनिएको छ ” २ लाख भन्दा बढी कुर्दिसहरु शरण लिन टर्की प्रवेश गरि सकेका छन् |” यसैबीच उत्तरी सिरियाको सिमा क्षेत्रमा रहेका कुर्दिस लडाकुहरुको आवतजावत टर्कीमा समेत बढ्न थाले पछि टर्कीका सिमा अधिकारीहरुले सुरक्षाको कारण देखाउँदै कुर्दिस लडाकुलाई टर्की प्रवेशमा रोक लगाएका थिए | यद्यपि युद्ध पिडित भएर शरणलिन जानेहरुलाई भने टर्कीले निर्वाध रुपमा प्रवेश दिएको छ | ( सन्दर्भ  श्रोत समाग्री: बीबीसी)

 

Please follow and like us:

Comments