मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा रहेका नेपालीहरुको सामाजिक संस्था ‘गुल्मी समाज भिक्टोरिया’ले नेपालका बाढी पिडितका लागि सहयोग अभियान चलाएको छ।

अष्ट्रेलियामा रहेका नेपाली लगायत नेपालको विभिन्न ठाउँ तथा समुदायको लागि विभिन्न सहयोग कार्यक्रम गर्दै आएको संस्थाले बाग्लुङ्गको ढोरपाटनका बाढी पिडितका लागि सहयोग अभियान संचालन गरेको हो।

लगातारको झरीका कारण बाग्लुङको भूजीखोलामा आएको बाढीले ढोरपाटन वडा नम्बर ५,६,७,८ र ९ का १० भन्दा बढी घर बगाएको छ। त्यस्तै, ७५ वटा घरलाई बाढी र पहिरोले क्षति पुर्याएको छ। बाढीमा परेर कम्तिमा १५ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता भएका छन्।

त्यस्तै, बाढीले सडक छेउमा पार्किङमा राखेको जीप, २ वटा विद्युत गृह, स्वास्थ्य चौकी भवन, एक वटा झोलुङ्ले पुल, ढोरपाटन ९ को सरस्वति आधारभुत विद्यालय र जनचेतना प्राथमिक विद्यालय भवनसमेत बगाएको छ।

अष्ट्रेलियाको भिक्टोरियामा क्रियाशील संस्था गुल्मी समाज भिक्टोरियाले बाग्लुङ्गको यस विपदको घडीमा मल्हम लगाउने प्रयास गरेको छ। संस्थाले मानवता र संगै आफ्नो जन्मभूमी प्रतिको कर्तव्यलाई सम्झेर सहयोग गर्न सम्पूर्ण नेपाली समुदायलाई अपिल गरेको छ।

सहयोग गर्नको लागि :

Account Name: Gulmi Samaj Victoria Australia

BSB No. 083405

Acc No.356617458

https://gf.me/u/ywkbzp

Please follow and like us:

Comments