एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड केलियन एम्बाप्पेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

फ्रान्सको फुटबल संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ युईएफएले सोमबार बिहान गरेको कोभिड–१९ को परीक्षणमा एम्बाप्पेलाई कोरोना संक्रमण पुष्टि भएको छ । क्रोएसियाविरुद्ध मंगलबार स्टाडे डे फ्रान्समा हुने खेलमा उनी सहभागी हुनेछैनन् । नतिजा प्राप्त भएपछि उनलाई टोलीबाट छुट्टै राखिएको थियो । अहिले उनी आफ्नो घर फर्किएका छन् ।’

शनिबार स्वीडेनविरुद्धको खेलमा भने उनले सहभागिता जनाएका थिए । २१ बर्षिया फरवार्डले नेसन्स लिगको पहिलो खेलमा स्विडेनलाई हराउने क्रममा एक गोल गरेका थिए ।

Please follow and like us:

Comments