सिड्नी। अष्ट्रेलियाको न्यु साउथ वेल्समा शुक्रबार बिहानसम्ममा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नयाँ संक्रमित मध्ये ६ जना बाहिरबाट आएर होटल क्वारेन्टिनमा रहेका व्यक्तिहरु हुन्। त्यस्तै, ४ जनालाई समुदाय स्तरबाट संक्रमण सरेको बताइएको छ।

कोरोना पोजेटिभ रहेकाहरु सिड्नीको पूर्वी सबर्बमा रहेका व्यक्तिहरु भएको हुनाले त्यहाँ बसोवास गर्नेहरुलाई सतर्क रहन स्वास्थ्य विभागले आग्रह गरेको छ।

न्यु साउथ वेल्समा अघिल्लो दिन २४ हजार ७ सय भन्दा बढी व्यक्तिको कोरोना परिक्षण गरिएको थियो।

Please follow and like us:

Comments