मेलबर्न। कोरोना भाइरस महामारीका कारण यस वर्ष अष्ट्रेलियाको बजेट घोषणा ढिलो भएको छ। जसले गर्दा बजेट घोषणा अगावै अष्ट्रेलिया सरकारले सबै राज्य र टेरिटोरिका लागि जुलाई १ देखि लागु हुने गरि पहिलो चार महिनाको लागि स्किल्ड भिसा नोमिनेसन कोटा प्रदान गरेको छ।

सरकारले कुल ५ हजार १ सय ६९ कोटा प्रदान गरेको छ। जसमध्ये स्किल्ड नोमिनेसन भिसा ( सब क्लास १९० ) का लागि २ हजार ४ सय ३०, स्किल्ड वर्क रिजनल ( सबक्लास ४९१ ) भिसाका लागि १ हजार ७ सय १५ र बिजनेस एण्ड इन्भेस्टरको लागि १ हजार २४ कोटा रहेको छ।

एसबिएस न्युजले  उल्लेख गरे अनुसार, स्किल्ड माइग्रेसन भिसा सबक्लास १९० र ४९१ का लागि साउथ अष्ट्रेलियाले सबैभन्दा बढी अर्थात नौ सय कोटा पाएको छ भने नर्थन टेरिटोरिले सबैभन्दा कम अर्थात १२० कोटा पाएको छ।

त्यस्तै, सरकारले अष्ट्रेलियन क्यापिटल टेरिटोरिका लागि २९५, न्यु साउथ वेल्सका लागि ७ सय, भिक्टोरियाका लागि ८००, क्विन्सल्याण्डका लागि ४ सय, वेस्टर्न अष्ट्रेलियाका लागि २४० र तास्मानियाका लागि ६ सय ५० कोटा प्रदान गरेको छ।

 

विस्तृत समाचारको लागि : SBS News

Please follow and like us:

Comments