मेलबर्न। अष्ट्रेलियाको कमनवेल्थ बैंकले व्याज तिर्नु नपर्ने अर्थात शुन्य प्रतिशत व्याजको क्रेडिट कार्ड सुरु गर्ने भएको छ।

कमनवेल्थ बैंकका अनुसार, उक्त क्रेडिट कार्डको लिमिट १ हजार डलर, २ हजार डलर र ३ हजार डलर रहनेछ। यो CommBank Neo card होल्डरले व्याज तिर्नु पर्नेछैन। तर महिनावारी शुल्क तिर्नुपर्नेछ।

महिनावारी शुल्क १ हजार डलर लिमिटका लागि १२ डलर, २ हजार डलर लिमिटका लागि १८ डलर र ३ हजार डलर लिमिटका लागि २२ डलर रहनेछ। यो महिनावारी शुल्क कार्ड प्रयोग नगरेमा या कार्डमा जिरो ब्यालेन्स भएमा तिर्नुपर्नेछैन।

त्यस्तै, यस क्रेडिट कार्डमा ‘लेट फी’ , विदेशी मुद्रा शुल्क, अतिरिक्त शुल्क लाग्नेछैन। कार्ड ग्याम्ब्लिंगमा भने प्रयोग गर्न पाइनेछैन। यस कार्डमा अन्तर्राष्ट्रिय यात्रा बीमा समावेश नगरिएको र यसबाट ब्यालेन्स ट्रान्सफर गर्न नमिल्ने बताइएको छ।

कमनवेल्थ बैंकका अनुसार, यो कार्ड २०२० को अन्तिमबाट मात्र सुरु हुनेछ।

विस्तृत जानकारीको लागि : canstar.com.au

Please follow and like us:

Comments