भद्रपुर (झापा) 

कमल गाउँपालिकामा बञ्चरोले हानेर एक छोरोले आमाको हत्या गरेका छन्। वडा नम्बर ७ ठूलो बाह्रघरेका २४ वर्षीय दिनेश ऋषिदेवले बञ्चरो प्रहार गरी आफ्नी आमा ५० वषीया मीरा ऋषिदेवको हत्या गरेका हुन्।

प्रहरीका अनुसार आइतबार राति ८ बजे मादक पदार्थ सेवन गरी घर पुगेका दिनेशले घरायसी वादविवादको क्रममा आमालाई बञ्चरो र ढुंगाले टाउको र खुट्टामा प्रहार गर्दा उनको घटनास्थलमा नै मृत्यु भएको हो।

घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय दमकको टोलीले छोरा दिनेशलाई पक्राउ गरी अनुसन्धानका लागि दमक लगिएको छ। यता मृतकको शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाएको प्रहरीले जनाएको छ।

Comments