सिड्नी। अष्ट्रेलियाको न्यु साउथ वेल्समा कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। शनिबार ७० वर्ष उमेर समूहका एक व्यक्तिको मृत्यु भएको हो।

न्यु साउथ वेल्समा अगस्ट १६ देखि यता कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुने उनी पहिलो व्यक्ति हुन्। योसंगै न्यु साउथ वेल्समा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५५ पुगेको छ।

त्यस्तै, न्यु साउथ वेल्समा आइतबार बिहानसम्म थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि हुनेहरु मध्ये एक जना होटल क्वारेन्टिनमा रहेका व्यक्ति र एक जनालाई समुदाय स्तरबाट संक्रमण सरेको बताइएको छ।

Comments