ब्रिसबेन। अष्ट्रेलियाको क्विन्सल्याण्डमा दुई दिनपछि फेरी कोरोना संक्रमितको संख्या थपिएको छ। दुई दिनसम्म कोरोना संक्रमित नभेटिएको क्विन्सल्याण्ड राज्यमा आइतबार बिहानसम्म दुई जना कोरोना संक्रमित थपिएका हुन्।

नयाँ संक्रमित दुई जना मध्ये एक जना अन्य देशबाट आई होटल क्वारेन्टिनमा रहेका व्यक्ति र अर्को एकजनालाई समुदाय स्तरबाट संक्रमण सरेको बताइएको छ।

क्विन्सल्याण्डमा ३ हजार जनामा कोरोना परिक्षण गरिएकोमा दुई जनामा पोजेटिभ देखिएको हो।

Comments