मेलबर्न। अष्ट्रेलियामा कोरोना भाइरस विरुद्ध भ्याक्सिनको लागि सरकारले थप ६ मिलियन डलर आर्थिक सहयोग गर्नेछ। सरकारले तीन वटा भ्याक्सिनको अनुसन्धान तथा विकासको लागि उक्त रकम सहयोग गर्ने भएको हो।

उक्त सहयोग ‘मेडिकल रिसर्च फ्युचर फन्ड’ अन्तर्गत प्रदान गरिने बताइएको छ। उक्त ६ मिलियन डलर मध्ये ३ मिलियन युनिभर्सिटी अफ मेलबर्न र ३ मिलियन युनिभर्सिटी अफ सिड्नीको लागि हो।

युनिभर्सिटी अफ मेलबर्नले दुई वटा भ्याक्सिनको विकास गर्दैछ। त्यस्तै, युनिभर्सिटी अफ सिड्नीले यो ३ मिलियन डलर सहयोग डीएनएमा आधारित रहेर विकास गरीएको कोभिड – १९ भ्याक्सिनको क्लिनिकल परिक्षणको लागि उपयोग गर्नेछ।

Comments