काठमाडौं। टिकटकमा आफ्नो कला क्षमता प्रस्तुत गर्दै आइरहेकाहरुका लागि द जीएमआई एकेडेमीले सुनौलो अवसर सहितको कार्यक्रमको आयोजना गरेको छ। द जीएमआईले सहि हो इभेन्टसंगको सहकार्यमा मिस्टर एण्ड मिस टिकटक नेपाल प्रतियोगिताको आयोजना गरेको हो।

प्रतियोगितालाई अष्ट्रेलियामा पढ्न र करियर बनाउन जान चाहनेहरुका लागि भरपर्दो माध्यम बन्दै आइरहेको कंडेल कन्सल्टेन्सीले प्रायोजन गरेको छ।

प्रतियोगिताको निर्णयाक मण्डलमा अभिनेत्री प्रियंका कार्की, चरित्र अभिनेता किरण के सी र नृत्य निर्देशक कविराज गहतराज रहेका छन्। सामाजिक संजालमा आउने लाइक, कमेन्ट, सेयरलाई पनि जोडेर मुल्यांकन गरिने आयोजकले जनाएका छन्।

प्रतियोगितामा सहभागी हुन चाहनेले असोज १३ गतेसम्ममा आफ्नो भिडियो पठाईसक्नुपर्नेछ।

मिस्टर एण्ड मिस टिकटक नेपाल प्रतियोगितामा प्रथम हुनेले १ लाख ५० हजार नगद पुरस्कार संगै एउटा चलचित्र र दुईवटा म्युजिक भिडियोमा अभिनय गर्ने अवसर प्राप्त गर्नेछन्। दोस्रो हुनेले १ लाख नगद पुरस्कार संगै एउटा वेब सिरिज र एउटा म्युजिक भिडियोमा अभिनय गर्ने अवसर प्राप्त गर्नेछन्। त्यस्तै, तेस्रो हुनेले ५० हजार नगद पुरस्कार संगै एउटा म्युजिक भिडियोमा अभिनय गर्ने अवसर पाउनेछन्।

प्रतियोगिता सम्बन्धि सम्पूर्ण जानकारी तथा प्रतियोगितामा सहभागी हुनको लागि दिइएको लिंकमा क्लिक गर्नुहोस् >> https://forms.gle/WR5GuQA4Y1P3UTKf9

Comments