इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले कोलकत्ता नाइट राइडर्सलाई पराजित गरेको छ । बुधबार राति भएको खेलमा साविक विजेता टिम मुम्बईले कोलकत्तालाई ४९ रनले पराजित गरेको हो ।

मुम्बईले दिएको १ सय ९६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४६ रन मात्र बनाउन सक्यो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो ।

मुम्बईका लागि कप्तान रोहित शर्माले ८० रनको अर्धशतकीय इनिङ्स खेले । उनले ६४ बलमा ६ छक्का र ३ चौका प्रहार गरे । यस्तै सूर्यकुमार यादबले ४७ रन, सौरभ तिवारीले २१ रन , हार्दिक पाण्डयले १८ रन जोडे । मुम्बईका ट्रेन्ट बोल्ट, जेम्स प्याटीनसन, राहुल र जस्प्रित बुम्राहले २/२ विकेट लिए । किरोन पोलार्डले १ विकेट लिए ।

कोलकत्ताका पाट कुमिन्सले सर्वाधिक ३३ रन जोडे । यस्तै कप्तान दिनेश कार्तिकले ३० तथा नितेश रानाले २४ रन बनाए । इयान मोर्गन १६ रनमा आउट हुँदा आन्द्रे रसेल ११ रनमा पेभेलियन फर्किए ।

 

 

Comments