मेलबर्न। अष्ट्रेलियाको मेलबर्नमा घरजग्गामा लगानी गर्नको लागि अहिलेको समय राम्रो रहेको छ। घरजग्गा कारोबार सम्बन्धि विज्ञहरुले घर जग्गा किन्नको लागि अहिले उचित समय रहेको बताएका हुन्।

मेलबर्नको घरजग्गाको मूल्यमा अप्रिल २०२० देखि यता ५ प्रतिशतले गिरावट आएको छ। मूल्यमा ५ प्रतिशत कमी आउनु भनेको खरिदकर्ताहरुको लागि अवसर हो। त्यस्तै, यतिबेला मोर्टेज दर पनि घटेको छ।

विज्ञहरुका अनुसार, जब कोरोना भाइरस नियन्त्रणमा आउनेछ र मेलबर्नको जीवनशैली फेरी सामान्य हुनेछ, तब घरजग्गाको मूल्यमा उल्लेख्य दरले वृद्धि हुनेछ।

विस्तृत जानकारीको लागि : now-is-the-time-to-buy-in-the-melbourne-property-marke

Comments