मेलबर्न। अष्ट्रेलियाका कमनवेल्थ र आइएनजी बैंकले घरकर्जा ( होमलोन ) को व्याजदर घटाएका छन्।

अष्ट्रेलियाको सबैभन्दा ठूलो बैंक कमनवेल्थले होमलोनमा व्यादर घटाएर २.६९ प्रतिशत बनाएको छ भने अष्ट्रेलियाको पाँचौं ठूलो बैंक आइएनजीले २.४९ प्रतिशत बनाएको छ। एक हप्ता अगाडी वेष्टप्याक बैंकले पनि व्याजदर २ दशमलब ६९ प्रतिशत बनाएको थियो।

व्यादरमा निकै कमी आएतापनि व्याजदर अझै घट्ने बताइएको छ। त्यस्तै, वेस्टप्याक, कमनवेल्थ र आइएनजीले व्याजदर घटाएपछि अब अन्य बैंकहरु पनि व्याजदर घटाउने प्रतिष्पर्धामा उत्रिने अनुमान गरिएको छ।

यस सम्बन्धि विस्तृत जानकारीको लागि >> cba-and-ing-make-home-loans-cheaper-for-customers

 

Comments