मेलबर्न। अष्ट्रेलियामा लामो समयदेखि नेपाली समुदायको हितमा क्रियाशील संस्था अष्ट्रेलिया नेपाल पब्लिक लिंकले नि:शुल्क ड्राइभिङ्ग प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ। विद्यार्थीहरुलाई प्राथमिकतामा रखिएको यो प्रशिक्षण कार्यक्रम भिक रोडबाट कम्युनिटी रोड सेफ्टी अनुदान प्राप्त कार्यक्रम हो।

नि:शुल्क ड्राइभिङ्ग प्रशिक्षणको लागि इच्छुक व्यक्तिहरुलाई फारम भर्ना आग्रह गरिएको थियो। जसमा आयोजक संस्थाले अपेक्षा गरेभन्दा बढी, १ सय ४१ जनाले उक्त फारम भरेका छन्।

संस्थाका अनुसार, प्रशिक्षणको लागि चालीस जनाको मात्र कोटा रहेको हुनाले फारम भरेकाहरु सबै प्रशिक्षणमा सहभागी हुन नपाउने भएका छन्। तर संस्थाले फारम भरेका सबैलाई इमेल पठाउनेछ। र, इमेलको जवाफ सबैभन्दा छिटो दिने चालिस जना प्रशिक्षणको लागि छनोट हुनेछन्। साथै प्रशिक्षणमा सहभागी हुनको लागि एक्काइस वर्ष उमेर माथिको हुनुपर्नेछ।

प्रशिक्षणमा पाँच सैद्धान्तिक र तीन व्यवहारिक प्रशिक्षण हुनेछन्। सैद्धान्तिक प्रशिक्षण नलिने व्यक्तिले व्यवहारिक प्रशिक्षण लिन पाउने छैनन्।

 

Comments