ब्रिसबेन। अष्ट्रेलियाको क्विन्सल्याण्डमा मर्निङ्गवकको समयमा ६६ वर्षिया महिला बलात्कृत भएकी छिन्। बुधबार बिहान ६ बजेको समयमा उक्त घटना घटेको हो।

ती महिला Townsville मा Ross River निर मर्निङ्ग वक गएकी थिइन्। सोही समयमा एक व्यक्तिले समातेर लछार्दै झाडीमा लगेर बलात्कार गरेको उनले बताएकी छिन्। अहिले उनको Townsville University Hospital मा उपचार भइरहेको छ।

प्रहरीले ती महिलाले दिएको बयानको आधारमा १९ वर्षीय किशोरलाई पक्राऊ गरेको छ। घटनास्थल र आरोपित व्यक्तिमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Comments