सिड्नी। अष्ट्रेलियाको न्यु साउथ वेल्समा बुधबार भेटिएका नयाँ संक्रमितबाट समुदायमा संक्रमण फैलिएको हुन सक्ने आशंका गरिएको छ।

बुधबार रातीसम्म न्यु साउथ वेल्समा तीन जना नयाँ संक्रमित फेला परेका छन्। जसमध्ये दुई जना होटल क्वारेन्टिनमा रहेका व्यक्ति हुन् भने एक जना समुदाय स्तरमा संक्रमण भएका व्यक्ति हुन्।

साउथ वेस्टर्न सिड्नीका ५० वर्षीय ती व्यक्तिको परिक्षण गर्दा उनलाई दुई महिना अघि संक्रमण भएको पत्ता लागेको बताइएको छ। यसले गर्दा उनीबाट थुप्रै व्यक्तिमा संक्रमण सरेको र परिक्षण नभएका कारण थाहा नभएको अनुमान गरिएको छ।

Source : 7News

Comments