मेलबर्न। अष्ट्रेलियामा कोरोना महामारीका कारण रोकिएको सिटिजनसिप टेस्ट अशिकांश राज्यमा सुचारु भएको छ। तर भिक्टोरिया राज्यमा भने सिटिजनसिप टेस्ट अझै सुचारु भएको छैन।

भिक्टोरियाको इमिग्रेसन तथा सिटिजनसिप मन्त्रालयले सिटिजन सिप टेस्ट कहिले हुन्छ भन्ने अझै यकिनका साथ भन्न नसकिने जनाएको छ।

मन्त्रालयका अनुसार, हाल लकडाउनका कारण भिक्टोरियामा व्यवसाय मात्र नभएर परिक्षा केन्द्र पनि बन्द रहेका छन् । त्यस्तै, कोरोना संक्रमण पनि समुदाय स्तरमा अझै फैलीरहेको छ। यस्तो अवस्थामा सिटिजनसिप टेस्ट सुचारु सकिने स्थिति छैन।

मन्त्रालयले लकडाउन खुकुलो हुँदै गएपछि र दैनिकी सामन्य स्थितिमा फ़र्किएपछि सिटिजनसिप टेस्ट सुचारु हुने जनाएको छ।

Source : SBS News

Comments