मेलबर्न। अष्ट्रेलियामा नर्थन टेरिटोरीले अर्को महिनासम्ममा भिक्टोरिया राज्यको लागि बोर्डर खुल्ला गर्ने भएको छ। भिक्टोरियामा कोरोना संक्रमण न्युन हुँदै गएपछि नर्थन टेरिटोरीले बोर्डर खुल्ला गर्ने संकेत गरेको हो।

नर्थन टेरिटोरी सरकारका अनुसार, कोरोना संक्रमण नियन्त्रणमा देखिएमा नोभेम्बर २ सम्ममा भिक्टोरियाको लागि बोर्डर खुल्ला हुने सम्भावना रहेको छ।

Greater Geelong, the Macedon Ranges, the Mitchell Shire र East Gippsland मा पछिल्लो समयमा कोरोना संक्रमणको उच्च जोखिममा रहेका कारण यी क्षेत्रको लागि भने हालको लागि बोर्डर खुल्ला नगर्ने निर्णय गरिएको र संक्रमणको स्थिति हेरेर त्यतिन्जेलसम्ममा पुनर्विचार गरिने बताइएको छ।

Comments