प्रधानमन्त्री सुशील कोइरालाले सहमतिमै माघ ८ मा संविधान जारी हुने दोर्होयाउनुभएको छ ।

एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग आज बालुवाटारमा भएको भेटवार्तापछि सञ्चारकर्मीहरुसंग कुरा गर्नुहुँदै प्रधानमन्त्री कोईरालाले सहमतिमा संविधान जारी गर्ने प्रयास भइरहेको बताउनुभयो । विवालित विषयमा छलफल जारी राखेको भन्दै उहाँले सबै दल ढिलोछिटो सहमतिमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री कोइरालालाई सहमतिमै संविधान बनाउन आग्रह गर्नु भएको थियो । दाहालले तीन दलको बैठकमा मधेसी मोर्चाका प्रतिनिधिलाई सहभागि गराउन आग्रह गर्नु भयो ।

मधेशी र आदिबासी जनजातीलाई बाहिर राखेर सहमति हुन नसक्ने बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएको दाहालले बताउनुभयो ।

Comments

comments