थाइल्याण्डकी युवराज्ञी भाजिरालोङकोर्न स्रिरास्मीले राजपरिवारको सदस्यको हैसियतबाट राजीनामा दिएकी छिन् ।

भ्रष्टाचारको आरोपमा मुछिएपछि उनले युवराज्ञीको पदवी त्याग गरेकी हुन् । नरेश भूमिबोल अदुल्यालेजले स्रिरास्मीको त्यागपत्र स्वीकृत गर्नुभएको बीबीसीले जनाएको छ । यसअघि युवराजकुमार भाजिरालोङकोर्नले भ्रष्टाचारको आरोपमा मुछिएका आफ्नी श्रीमतीको परिवारका सदस्यहरुलाई शाही परिवारको सदस्यको नामबाट हटाइदिन आग्रह गरेका थिए । स्रिमास्मीका प्रहरी जनरल मामासहित सात जना माइती खलकका सदस्य भ्रष्टाचारको आरोपमा पक्राउ परेपछि थाई परिवार समस्यामा परेको थियो ।

स्रिमास्मी थाई राजकुमारकी तेस्री श्रीमती हुन् । थाईल्याण्डका राजसिंहासन युवराज भालिरालोङकोर्नले सम्हालेपछि स्रिमास्मी थाइल्याण्डको महारानी बन्ने थिइन् ।

Comments