Author: Himalayan Kangaroo

यसरी हुँदैछ आज १३ औं साग खेलको भव्य समापन

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) को आज साँझ भव्य समारोहबीच समापन हुँदैछ। मङ्सिर १५ गतेबाट औपचारिक रूपमा सुरु भएको सागमा नेपाल, भारत, पाकिस्तान, माल्दिभ्स, श्रीलंका, भुटान र बंगलादेशका खेलाडी सहभागी छन्। सागको सदस्यमध्ये अफगानिस्तानले यस पटकको सागमा भाग लिएको थिएन। प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं सागको समापन समारोहलाई भिडियो कन्फरेन्समार्फत सम्बोधन गर्ने कार्यक्रम छ। अस्वस्थका कारण प्रधानमन्त्री उपस्थित हुन नसक्ने भएपछि प्रधानमन्त्री निवास बालुवाटारबाट उहाँले भिडियो कन्फरेन्समार्फत समापन समारोहलाई सम्बोधन गर्न लाग्नुभएको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) तथा १३औं साग मुल आयोजक कमिटिका सदस्यसचिव रमेशकुमार सिलवालका अनुसार समापन समारोहअघि ३ बजे नेपाल र भुटानका पुरुष...

Read More

भारतीय कमेडियन कपिल शर्मा बने बुवा

काठमाडौं । भारतीय चर्चित कमेडियन कपिल शर्मा बुवा बनेका छन् । उनी वास्तविक जीवनमै छोरीको बुवा बनेका हुन् । कपिलले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमार्फत् खबर सार्वजनिक गरेका थिए । कपिलको उक्त ट्वीट अनुसार, उनकी श्रीमती गिन्नी चतरथले मंगलबार बिहान छोरीलाई जन्म दिएकी हुन् । कपिलले छोरीको आगमनले  भाग्यमानी महसुस भइरहेको उल्लेख गर्दै सबैको आशीर्वादको खाँचो रहेको बताएका छन्...

Read More

सागले मुलुकको खेलकुदसँगै पर्यटन र समग्र आर्थिक क्षेत्रमा बहार

१३ औं संस्करणको दक्षिण एसियाली खेलकुदले समग्र खेलकुदकर्मीसँगै नेपालको आर्थिक क्षेत्रलाई चलायमान बनाएको छ । नेपालसहित सात देश सहभागी रहेको र विभिन्न २७ खेलका लागि काठमाडौँ, पोखरा र जनकपुरमा हुँदा खेलकुदसँगै पर्यटन र समग्र आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पारेको हो । देश संघीयतामा गएपश्चात पहिलोपटक आयोजना भएको खेलकुदले विकेन्द्रीकरणको सिद्धान्तलाई समेत अवलम्बन गर्दा पोखरावासी हर्षित छन् । यसले तीनै तहका सरकारले राष्ट्रिय पर्वका रुपमा यसको अपनत्व लिएका छन् । सागमा खेलाडी, प्रशिक्षक र व्यवस्थापक तथा रेफ्रीगरी ६ हजार ५०० सहभागी छन् । उनीहरुसँगै आएका संचारकर्मी ७ हजार प्रत्यक्ष रुपमा सहभागी भएका छन् । सरकारको साढे ३ अर्ब खर्च गरेको...

Read More

कुवेत पुगेका २१ नेपाली कामदार दूतावासको लापरबाहीका कारण कालोसूचीमा

वैदेशिक रोजगारीका लागि दुई वर्ष पहिले कामदार भिसामा कुवेत पुगेका २१ युवा मेनपावर र त्यहाँस्थित नेपाली दूतावासको लापरबाहीका कारण कालोसूचीमा परेर फर्किएका छन्।गएको एक वर्षसम्म कम्पनीले भिसा लगाएर काम लगाएको भए तापनि कम्पनी विगत एक वर्षदेखि बन्द हुँदा उनीहरू बन्धक जस्तै बनेका थिए। नेपालबाट कामदार भिसा लिएर गएका उनीहरू कुवेती कम्पनीले कामदारको भिसा नलगाइदिएपछि दूतावास र मेनपावरको सम्पर्कमा आएका थिए। दूतावासले ‘हुँदै छ’ भन्ने र मेनपावरले कल ब्लक गर्ने गरेका कारण उनीहरू भिसा समय सकिएका कारण बन्धक जस्तै भएर बस्नुपरेको थियो। कुवेतमा रहेको टेस्टी फुड एन्ड अल रिप रेस्टुरेन्टको कामका लागि भन्दै ग्लोबल राइजिङ प्लेटिमेन्ट मेनपावरमार्फत उनीहरू कुवेत पुगेका...

Read More

अख्तियारले राजनीतिक दलका नेताले गर्ने भ्रष्टाचारको अनुसन्धान गर्ने

राजनीतिक आडमा हुने भ्रष्टाचार बढेको गुनासो आइरहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक दलका नेताले गर्ने भ्रष्टाचारको अनुसन्धान गर्ने भएको छ । करिब दुई दर्जन नेताको अकूत सम्पत्तिको फाइल अख्तियारले तामेलीमा राखिरहेको अवस्थामा सोमबार भ्रष्टाचारविरुद्धको अन्तर्रा्ष्ट्रिय दिवसको कार्यक्रममा अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले अब राजनीतिक लगायत जुनसुकै ओहोदामा भएको व्यक्तिको विषयमा पनि शसक्त छानबिन गर्ने प्रतिबद्धता जनाएका छन् । हाल अख्तियारले १ हजार ५ सय उजुरीको छानबिन गरिरहेको छ । जसमा ठूला व्यापारीदेखि राजनीतिक दलका नेताविरुद्धमा परेका उजुरीको छानबिन भइरहेको अख्तियारले जनाएको छ । आयोग प्रमुख घिमिरेले भ्रष्टाचारलाई साना ठूला नभनी मूल्यको आधारमा जुनसुकै तह वा स्तरको भ्रष्टाचारलाई पनि...

Read More