Month: १८ जेष्ठ २०७७, आईतवार १३:००

विदेशमा अलपत्र नेपाली ल्याउन विमानस्थल सञ्चालनको तयारी

काठमाडाैं : धावनमार्ग निर्माणका काम सम्पन्न भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारी तीव्र पारिएको छ।  कोरोना संक्रमण रोकथामका लागि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु बन्द रहेको अवस्थामा धावनमार्ग निर्माणको काम सकिएको हो। लामो समयदेखि विभिन्न कारणले धावनमार्ग निर्माणको काम सुचारु हुन नसकेपछि उडानहरु प्रतिबन्ध भएपछि कामले तीव्रता पाएको हो।  विमानस्थलको दक्षिणतर्फ ३ सय मिटरको धावनमार्ग निर्माण गरिएको छ। धावनमार्ग विस्तारपछि सञ्चालनको तयारी तीव्र पारिएको छ। कोरोना महामारीले विश्व प्रभावित भइरहेको बेला सामाजिक दूरी कायम गर्दै विमानस्थल सञ्चालनको तयारी भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताए। विभिन्न देशमा अलपत्र नागरिकहरुलाई स्वदेश ल्याउन तयारी भइरहेको उनले बताए। सरकारले सञ्चालनको सूचना जारी नगर्दासम्म...

Read More

अष्ट्रेलियामा कसरी नियन्त्रण भयो कोरोना ?

सिड्नी, जेठ १८ गत मार्चको अन्त्य र अप्रिलको मध्यसम्म आइपुग्दा स्वास्थ्य विशेषज्ञहरूले अष्ट्रेलियालाई पनि कोरोना भाइरस (कोभिड–१९) को ‘संकटग्रस्त क्षेत्र’ बन्न सक्ने जोखिम रहेको चेतावनी दिएका थिए। अष्ट्रेलियाको अवस्था पनि त्यस्तै थियो। संक्रमण फैलिँदो क्रममा थियो। अस्पतालहरूमा बिरामीको संख्या बढ्दै थियो। तर, परीक्षण निकै कम भइरहेको थियो। फेब्रुअरी २९ मा विदेशबाट आएका दश जनालाई पहिलो पटक कोरोना देखिएपछि ठूला जहाज र बाह्य संसारको सम्पर्कमा रहिरहँदा मार्च महिनामा कोरोनाले निकै सतायो। संख्या ह्वात्तै बढेर पाँच हजारनजिक पुग्यो। हरेक दिन तीन सय भन्दा माथिको संख्यामा कोरोना देखिएपछि आंशिक लकडाउनसँगै राज्यले नियन्त्रणको नीति तर्जुमा गर्‍यो। अप्रिलमा पनि केही बढेको कोरोनाको कहर मे...

Read More

नेपालमा कोरोना संक्रमितको संख्या १५६७ पुग्यो !

नेपालमा कोरोना संक्रमितको कूल संख्या १५६७ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १६६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकैदिन १ सय ६६ जना संक्रमित थपिएका हुन् । यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको   तथा २ सय २० जना निकाे भएर घर फर्किएकाे देवकाेटाले जानकारी दिनुभयाे । निकाे हुनेमा एक सय ७२ जना पुरूष र ४८ जना महिला रहेका छन्...

Read More

वरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको निधन

काठमाडौं, जेठ १८ । वरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको आइतबार निधन भएको छ । ललितपुरको कुसुन्तीमा छोरी ज्वाँईसँगै बस्दै आएका ठकुरी लामो समयदेखि प्यारालाइसिस, ब्लड प्रेसर, सुगर जस्ता रोगबाट पीडित थिए । नेपाली फिल्म ‘जीवन रेखा’ बाट अभिनय यात्रा शुरु गरेका ठकुरीले थुप्रै टेलिसिरियल र म्युजिक भिडियोमा समेत अभिनय गरेका थिए । ‘विश्वास’, ‘भाग्यरेखा’, ‘फेरि भेटौँला’, ‘मायालु’, ‘युद्ध’ लगायतका थुप्रै फिल्ममा उनले चरित्र अभिनेताको भूमिका निर्वाह गरेका थिए । भारतीय फिल्म ‘पञ्चवटी’ मा समेत अभिनय गर्नुभएका चन्द ठकुरी पछिल्लो पटक नेपाली फिल्म “भागी नजाऊ” मा देखिएका थिए । प्यारालाइसिस भएपछि उनी अभिनयबाट टाढिएका थिए । ठकुरीको आजै (आइतबार) पशुपति...

Read More

एकै दिन १६६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १५ सय ६७ पुग्यो

काठमाडौं, जेठ १८ । आइतबार एकै दिन १६६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार योसँगै संक्रमितको संख्या १५ सय ६७ पुगेको हो । आइतबार मकवानपुर हेटौंडाकी २५ वर्षीया महिलाको डिस्चार्जसंगै नेपालमा कोरोना निको हुनेको संख्या २२० पुगेको छ।...

Read More

Cake To Nepal

फेसबुक