Day: २० बैशाख २०७७, शनिबार १३:२६

अष्ट्रेलियामा घरजग्गाको मूल्यमा निरन्तर वृद्धि

मेलबर्न । विश्वभर कोरोनाभाइरसका कारण बजार सुस्ताएको अवस्थामा अष्ट्रेलियाको घरजग्गा मूल्यमा भने निरन्तर वृद्धि भइरहेको छ । अष्ट्रेलियामा अप्रिल महिनामा घरको मूल्य ०.३ प्रतिशतले वृद्धि भएको छ । तर वृद्धिदर भने अघिल्लो महिनाको तुलनामा कम रहेको बताइएको छ । मार्चमा घर को मूल्य ०.७ प्रतिशतले  वृद्धि भएको थियो । त्यस्तै , अष्ट्रेलियाका सबैजसो प्रमुख सहरमा घर भाडा मूल्यमा पनि वृद्धि भएको छ । Source : 7 News Please follow and like...

Read More

कामदारलाई वैशाखको पूरै तलब दिन निर्देशन

काठमाडौं – औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकले वैशाख महिनाको पनि पूरै तलब पाउने भएका छन् । सरकारले गरेको निर्णयअनुसार लकडाउनका कारण निकै समस्यामा परेका उद्योगले पनि चालू आर्थिक वर्षको वैशाख महिनामा श्रमिकले खाइपाई आएको तलबको न्यूनतम ५० प्रतिशत रकम तत्कालै दिनुपर्ने र बाँकी ५० प्रतिशत तलब लकडाउन खुलेर स्थिति सहज भएपछि क्रमश भुक्तानी गर्नुपर्नेछ । यो समाचार आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले लेखेका छन् । Please follow and like...

Read More

समुदायबाट समुदायमा संक्रमण फैलिए घरमै उपचार गर्ने व्यवस्था मिलाउने तयारी

काठमाडौं  – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समुदायबाट समुदायमा संक्रमण फैलिएको अवस्थामा त्यसलाई पूर्ण रुपमा नियन्त्रणमा लिने गरी घरमै उपचार गर्ने व्यवस्था मिलाउने तयारी थालेको छ । कोरोना महामारीको सम्भावित जोखिम कम गर्न सबै उपाय अपनाएर जुधिरहेको सरकारले संक्रमण रोकथाम र नियन्त्रणका लागि चारवटा रणनीति बनाएको थियो । रणनीतिअनुसार नै व्यवस्थित किसिमले काम गरिएकाले कोरोना संक्रमणको दर बढ्न नपाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले जानकारी दिए । सचिव कोइरालाका अनुसार संक्रमण दर थेग्नै नसक्ने गरी फैलिए घरमै उपचार गर्ने व्यवस्था मिलाउनेसम्मको तयारी गरिएकाले आत्तिनुपर्ने अवस्था छैन । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् । Please...

Read More

नेपाल र भारतका नागरिक लुकिछिपी आवतजावत गर्दा कोरोनाको जोखिम उच्च

काठमाडौं – नेपाल र भारतका नागरिक लुकिछिपी आवतजावत गर्दा तराईका सीमावर्ती क्षेत्र कोरोना भाइरस संक्रमणको ‘हट स्पट’ बन्ने जोखिम देखिएको छ। सीमावर्ती जिल्लाहरू उच्च जोखिममा रहेकाले स्थानीय बासिन्दाले बढी सतर्कता अपनाउनुपर्ने विज्ञहरूको सुझाव छ। सरकारले कोरोना भाइरसबाट सम्भावित संक्रमित पहिचानका लागि परीक्षणको दायरा विस्तार गरेसँगै सीमावर्ती क्षेत्रमा बढी संक्रमित भेटिएका छन्। प्रदेश ५ को सीमावर्ती रुपन्देही र बाँके जिल्लामा शुक्रबार दुई जना पुरुषमा संक्रमण पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अन्नपूर्णसँग भने, ‘सीमावर्ती क्षेत्रमा संक्रमणका केस बढी देखिन थालेका छन्। दुई देशबीचको नाका क्षेत्र जोखिमयुक्त छ।’ नेपाल र भारतबीच १ हजार ७ सय ५१ किलोमिटर...

Read More