Day: २१ बैशाख २०७७, आईतवार १४:५८

नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुग्यो !

नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । आइतबार साँझ मात्र बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी दिएको छ । नेपालगञ्जका १६, २१ र ३४ वर्षीय पुरुष र ४०, ५५, ६० वर्षीया महिलामा कोरोना संक्रमण भेटिएको हो। नेपालगञ्जमा आइतबार यसअघि ९ जनामा कोरोना देखिएको थियो । योसँगै नेपालगञ्ज मात्रै कोरोना संक्रमितको संख्या १५ पुगेको छ । आइतबार देखिएको १५ जनासँगै मुलुकका कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । त्यसमध्ये १६ जना पूर्ण रुपमा निको भएर घर फर्किसकेका छन्...

Read More

अष्ट्रेलियन क्यापिटल टेरिटोरीद्वारा अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि रोजगारी योजना

क्यानबेरा । अष्ट्रेलियन क्यापिटल टेरिटोरीले अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि रोजगारी योजना ल्याएको छ । क्यापिटल टेरिटोरी सरकारले कोरोना भाइरसका कारण काम पाउन नसकेका र कोरोना कहरका कारण प्रभावित भएका अन्तर्राष्ट्रिय विद्यार्थी लगायत अस्थायी भिसा होल्डरहरुका लागि रोजगारी योजना ल्याएको हो । उक्त योजनाको लाभ लिनको लागि आगामी जुन ३० सम्ममा एप्लाई गरिसक्नुपर्नेछ । रोजगारी योजना , कामको किसिम र एप्लाई गर्ने तरिकाको बारेमा विस्तृत जानकारीको लागि तल दिइएको लिंकमा क्लिक गर्नुहोस् :...

Read More

अष्ट्रेलियाको भिक्टोरिया स्थित स्कुलकी शिक्षिकामा कोरोना संक्रमण देखिएपछि स्कुल बन्द

मेलबर्न । अष्ट्रेलियाको भिक्टोरिया स्थित एक स्कुलकी शिक्षिकामा कोरोना संक्रम देखिएको छ । Meadowglen प्राथमिक स्कुलकी शिक्षिकामा कोरोना भाइरस संक्रमण देखिएको हो । शिक्षिकामा संक्रमण देखिएपछि स्कुल हालका लागि बुधबारसम्म बन्द भएको छ । त्यस समयसम्म आवश्यक सरसफाई तथा संक्रमण फैलिन नदिनको लागि आवश्यक कार्य गरिने बताइएको छ । उक्त स्कुल बन्द रहने समयसम्म अनलाइन पढ्न नसक्ने विद्यार्थीहरुलाई नजिकका अन्य विद्यालयमा पढाइने जानकारी दिइएको छ  । स्वास्थ्य मन्त्रीले आफ्नो छोरा-छोरी घरमै पढ्न सक्ने अवस्थामा स्कुल नपठाउन सबै अभिभावकलाई आग्रह गरेका छन् । ती शिक्षिकामा कसरी संक्रमण सर्यो भन्ने बारेमा अनुसन्धान भइरहेको बताइएको छ । पछिल्लो समय मेलबर्नको मासु प्रसोधन...

Read More

अष्ट्रेलियामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो !

मेलबर्न । अष्ट्रेलियामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ९५ पुगेको छ । वेस्टर्न अष्ट्रेलियामा ८३ वर्षिया वृद्धाको निधन भएसंगै मृत्यु हुनेको संख्या ९५ पुगेको हो । उनलाई नजिकको व्यक्तिको सम्पर्कबाट भाइरस सरेको बताइएको छ । वेस्टर्न अष्ट्रेलियामा पछिल्लो चार दिनयता कोरोना संक्रमणको नयाँ केस भने भेटिएको छैन । यस राज्यमा ५ सय २३ जना संक्रमित निको भइसकेका छन् भने १९ जना संक्रमितको उपचार भइरहेको  छ ।...

Read More

समाजसेवी तथा पुर्ब प्रहरी संगठन केन्द्रिय सदस्य कार्की द्वारा घरमा बस्नेहरुलाई छुट

चितवनः समाजसेवी तथा पुर्ब प्रहरी संगठन केन्द्रिय सदस्य रामकृष्ण कार्कीले घरभाडा छुट दिने घोषणा गरेका छन् । चितवनको रत्ननगर नगरपालिका १ सौराहा चोक घर भएका कार्कीले आफ्नो घरमा भाडामा बस्नेहरुको केही पनि शुल्क नलिने घोषणा गरेका हुन् । कोरोना संक्रमणबाट मानव जाति नै संकटमा परेका बेला थोरै भए पनि मानवीय सहयोग होस् भनेर भाडा छुट गर्ने निर्णय गरेको उनले बताए । ‘कोरोना भाइरसले अहिले विश्व नै ठप्प छ, सुरक्षाका लागि नेपाल पनि लकडाउन गर्नुपरेपछि अहिले व्यापार व्यवसाय सबै ठप्प छन्’ उनले भने ‘ यहाँ ज्याला मजदुर गरेर परिवार पाल्नु परेको छ, लकडाउन लम्बिदै गर्दा धेरै जनामा अभाव र सङ्कट...

Read More
  • 1
  • 2