Day: २५ बैशाख २०७७, बिहीबार १६:०१

नेपालमा कोरोना संक्रमितको संख्या एक सय एक पुग्यो

काठमाडौं । कपिलवस्तुका दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या एक सय एक पुगेको छ । आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको पीसीआर परीक्षणमा दुई जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए । उनीहरु कपिलवस्तु ८ निवासी १६ र २२ वर्षका पुरुषहरु छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा राखिएको मन्त्रालयले जनाएको छ । Please follow and like...

Read More

साउथ अष्ट्रेलियामा दुई हप्ता पछि फेरी देखियो कोरोना भाइरसको नयाँ केस

एडलेड । साउथ अष्ट्रेलियामा दुई हप्ता पछि कोरोना भाइरसको नयाँ केस देखिएको छ । बेलायतबाट एडलेड आएका ७० वर्षीय व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको हो । मार्च २० मा आएका उनमा फ्लाइटबाट संक्रमण नसरेको बताइएको छ । स्वाद र सुँघ्ने क्षमतामा कमी आएपछि जांच गर्दा मे ५ मा मात्र उनमा कोरोना भाइरस पोजेटिभ देखिएको हो । एडलेड आएपछि ती व्यक्ति पाँच जनासंगमात्र सम्पर्कमा रहेको र उनीबाट संक्रमण नफ़ैलिएको जनस्वास्थ्य अधिकारीले बताएका छन् । Source : 7 News   Please follow and like...

Read More

आज २५६४ औँ बुद्धजयन्ती

आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६४ औँ बुद्ध जयन्ती। हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व बिहीबार भगवान विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरुप मनाइँदैछ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । यो वर्ष कोभिड–१९ को सङ्क्रमणबाट बच्न चलिरहेको लकडाउनका कारण बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत ठाउँमा सीमित लामा एवं बौद्ध धर्मगुरु मात्र बसेर पूजालगायत विधि मात्र पूरा गर्ने भएका छन् । Please follow and like...

Read More

पास भएका सवारी साधनलाई पनि उपत्यका छिर्ने नाकाबाट फिर्ता

काठमाडौं – सरकारले पास भएका सवारी साधनलाई उपत्यका छिर्ने नाकाबाट फिर्ता गर्न थालेको छ । पास लिएकाहरुबाटै बन्दाबन्दी (लकडाउन) उल्लंघनका घटना वृद्धि भएपछि सरकारले चेकजाँचमा कडाइ गर्न थालेको हो । अब पास भएर पनि उपत्यका बाहिरबाट आउनेले अत्यावश्यक कामबाहेक प्रवेश पाउने छैनन् । प्रहरी प्रशासनले बुधबारबाट पास भएकालाई अत्यावश्यक कामबाहेक प्रवेशमा रोक लगाउन थालेको हो । बाहिरी जिल्लाबाट काठमाडौं उपत्यका भित्रिनेहरुले अत्यावश्यक काममा मात्र प्रवेश पाउने प्रहरीले जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन्  । Please follow and like...

Read More

Cake To Nepal

फेसबुक