Day: ३१ बैशाख २०७७, बुधबार १४:३०

थप २४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४३ पुग्यो

काठमाडौँः नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ सय ४३ पुगेको छ। स्वास्थ्य मन्त्रालयद्वारा जारी पछिल्लो विज्ञप्ति अनुसार रुपन्देहीमा १२ जनामा संक्रमण देखिएको छ। जसमा ९ जना पुरुष र ३ जना महिला छन्। कपिलवस्तुमा थप ८ जना पुरुषमा संक्रमण देखिँदा पर्सामा दुई पुरुष र एक महिलामा संक्रमण देखिएको छ।नवलपरासीमा समेत एकजनामा संक्रमण देखिएको छ। बुधकार दिउँसो कपिलवस्त र बाँकेमा एक/एक जनामा कोरोना संक्रमण देखिएको...

Read More

अष्ट्रेलियाको एडलेडमा क्याफे म्यानेजरद्वारा १६ वर्षिया वेट्रेसमाथि यौन दुर्व्यवहार

एडलेड । अष्ट्रेलियाको एडलेडमा रहेको एक क्याफेका म्यानेजर वेट्रेसमाथि यौन दुर्व्यहार घटनामा दोषी मानिएका छन् । जिल्ला अदालतले २८ वर्षीय क्याफे मानेजर Miguel Dantas De Sa दोषी रहेको फैसला अनलाइन मार्फत जानकारी दिएको हो । Miguel Dantas De Sa ले ती किशोरीलाई एउटा कोठामा लगेका थिए । त्यसपछि उनले २०० डलर दिने, क्याफेमा धेरै सिफ्ट काम गर्न दिने भन्दै यौन प्रस्ताव राखेका थिए । उनले किशोरीलाई आफ्नो काखमा बस्न लगाएर उनको लागि भिक्टोरिया सिक्रेटको पेन्टी किनिदिन्छु भन्दै उनीमाथि यौन दुर्व्यवहार गर्न थालेका थिए । किशोरीले डर र बाध्यात्माक कठीन परिस्थितिले गर्दा सो समयमा दुर्व्यवहार सहनु परेको बताइएको छ ।...

Read More

अष्ट्रेलियाको म्याक डोनाल्ड रेष्टुरेन्टमा कोरोना संक्रमित स्टाफको संख्या ६ पुग्यो !

मेलबर्न । अष्ट्रेलियाको मेलबर्न स्थित म्याक डोनाल्ड रेष्टुरेन्टमा कोरोना संक्रमित स्टाफको संख्या ६ पुगेको छ । Fawkner McDonald’s का स्टाफमा कोरोना भाइरस संक्रमण देखिएको हो । यसअघि उक्त रेष्टुरेन्टमा दुई जना स्टाफमा संक्रमण देखिएको थियो । त्यसपछि करिब एक सय जना स्टाफमा परिक्षण गर्दा थप चार जना स्टाफमा संक्रमण पुष्टि भएको छ । रेष्टुरेन्ट हाल बन्द रहेको छ । स्टाफको सम्पर्कमा आएका नजिकका व्यक्तिलाई १४ दिन क्वारेन्टिनमा राखिने बताइएको छ...

Read More

नेपालको सार्वभौमिकता र भौगिलिक अखण्डतामाथिको ठाडो हस्तक्षेप भएको एनआरएनएको ठहर

नेपाली भूमि अतिक्रमण गरी भारतले सडक मार्ग उद्घाटन गरेकोमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भत्सर्ना गरेको छ । अन्तर्राष्ट्रिय कानून विपरीत तथा नेपालको सार्वभौमिकता र भौगिलिक अखण्डतामाथिको ठाडो हस्तक्षेप भएको ठहर गर्दै संघले भत्सर्ना गरेको हो। संघका अध्यक्ष कुमार पन्तले सोमवार एक विज्ञप्ति जारी गर्दै भारतले नेपाली भूमि हुँदै चीनको तिब्बतस्थित मानसरोवर जाने सडक मार्गको उद्घाटन गरेकोमा विरोध जनाएको हो । ‘यसअघि पनि भारतले एकतर्फी रुपमा नेपाली भू-भाग (कालापानी, लिपुलेक र लिम्पियाधुरा) अतिक्रमण गरेर नयाँ नक्सा जारी गरेकोमा अहिले थप हस्तक्षेप गर्दै सो सडक मार्ग निर्माण गर्ने भारतीय पछिल्लो असंवेदनशील गतिविधिको संघ कडा भत्सर्ना गर्दछ । भारत सरकारको पटक –...

Read More

अष्ट्रेलियामा कोरोना संक्रमितको संख्या ६ हजार ९६४ पुग्यो

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण हालसम्म अष्ट्रेलियामा ९७ जनाको मृत्यु भएको छ । यद्यपि पछिल्लो ३४ घण्टामा कसैको कोरोना भाइरसको कारण मृत्यु भएको छैन । अष्ट्रेलियामा पछिल्लो २४ घण्टामा कसैको ज्यान नगए पनि थप १८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यो सँगै अष्ट्रेलियामा कोरोना संक्रमितको संख्या ६ हजार ९६४ पुगेको छ । अष्ट्रेलियामा संक्रमितमध्ये ६ हजार २२९ जना उपचारपछि निको भएका छन् ।  उनीहरुमध्ये १६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । अहिले सम्म अष्ट्रेलियामा ८ लाख ७७ हजार ९ सय २७ जनाको कोरोना भाईरस परिक्षण गरिएको छ । जसको ०...

Read More