Day: २ जेष्ठ २०७७, शुक्रबार ०४:१७

लकडाउन घोषणा नाम मात्र, उपत्यकामै संक्रमितको संख्या बढ्ने निश्चित

चैत ११ गते सरकारले लकडाउन घोषणा गरे पनि काठमाडौंमा आवागमन रोकिएको छैन। थानकोट, फर्पिङ, जगातीलगायत नाकाबाट छिर्ने क्रम बढेपछि उपत्यकावासी असुरक्षित महसुस गरिरहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल भन्छन्, ‘लकडाउन घोषणा नाम मात्रको छ। पीसीआर परीक्षणको दायरा बढाउने हो भने उपत्यकामै संक्रमितको संख्या बढ्ने निश्चित छ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाले सबै उमेर समूहका व्यक्तिमा कोरोना संक्रमणको खतरा रहेकाले सचेत रहन आग्रह गरेका छन्। मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा डा. देवकोटाले सचेत रहन आग्रह गरेका हुन्। ‘संक्रमित धेरैजसो २० देखि ५० वर्ष उमेर समूहका छन्। सबै उमेर समूहका व्यक्तिलाई संक्रमण...

Read More

सांसदले छातीमा सजाउने लोगोमा पनि गलत नक्सा

काठमाडौं – नेपालको संविधान २०७२ ले आफ्नै भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी बिर्सिएको छ। त्यसमाथि नेपालकै नक्सा राखिएको छैन। ९० प्रतिशतभन्दा बढी जनमतबाट अनुमोदित संविधानमा राखिएको निसान छापमा गलत नक्सा छ। त्यसमा भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी गायव छ। सांसदले छातीमा सजाउने लोगोमा पनि गलत नक्सा परेको छ। २०६४ को संविधानसभाले संविधान बनाउन नसकेपछि २०७० सालमा दोस्रो संविधानसभा निर्वाचनपछि २०७२ असोज ३ मा संविधान जारी गरिएको थियो। दुई वर्षमा संविधान बनाउने वाचा गरेका राजनीतिक दलले आठ वर्षमा संविधान त बनाए तर त्यहाँ नेपालको नक्सा राख्न बिर्सिए। नापी विभागका पूर्वमहानिर्देशक एवं सीमाविद् बुद्धिनारायण श्रेष्ठ मुलुकको मुल कानुन...

Read More

थप ९ जनामा कोरोना संक्रमणको पुष्टि, नेपालमा संक्रमितको संख्या २५८ पुग्यो

काठमाडौं- नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या २५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विहान विज्ञप्ति जारी गर्दै थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।विज्ञप्ति अनुसार भेरी अस्पताल नेपालगञ्ज र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा बाँके ८ जना र मकवानपुरका एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएका छ । उनीहरु सबै पुरुष हुन् । यसअघि विहिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले जानकारी दिए । उनका अनुसार काठमाडौं दहचोकका ७ वर्षीय बालक, जनकपुर धनुषाका १७ वर्षीया युवती र धादिङकी ३० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको छ भने ३५ जना निको भएर घर फर्किएका छन्। सहप्रवक्ता डाक्टर अधिकारीका अनुसार काठमाडौं र धादिङ घर भएका दुई जना संक्रमित काठमाडौंको एपीएफ अस्पतालको आइसोलेसनमै रहेका छन् । उनीहरूको स्वाब संकलन गरी कोरोना परीक्षणका लागि एपीएफ अस्पतालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको...

Read More

कोरोना प्रकोपका कारण अस्ट्रेलियामा मात्र ६ लाख मानिसले रोजगार गुमाए

अस्ट्रेलिया । कोरोना भाइरस संक्रमण र जारी लकडाउनका कारण अस्ट्रेलियामा मात्रै ६ लाख मानिसले रोजगार गुमाएका छन्। अप्रिल महिनामा मात्रै त्यहाँको बेरोजगारी दर ५.२ प्रतिशतबाट ६.२ प्रतिशत पुगेको छ। यस दर अर्थशास्त्रीहरुले अनुमान गरेभन्दा कम हो। महामारी फैलिएसँगै त्यहाँ ८.३ प्रतिशत मानिस रोजगारविहीन हुने अनुमान गरिएको थियो। विश्लेषकहरुले बेरोजगारी दर वृद्धीका कारण अर्थव्यवस्थामा पर्ने असर बारे भन्न नसक्ने बताएका छन्। किनकि त्यहाँको सरकारको कल्याणकारी कार्यक्रमका कारण हालत नियन्त्रण बाहिर पुगेको छैन। ६० लाख अस्ट्रेलियाली नागरिकलाई सरकारले सब्सिडी दिएको छ। १० लाख अस्ट्रेलियालीले बेरोजगारी भत्ताको लागि आवेदन दिएका छन्। अस्ट्रेलियाका प्रधानमन्त्री स्टक मरिसनले यी दिनहरु निकै मुश्किल भएको बताएका छन्।...

Read More