Day: ६ जेष्ठ २०७७, मंगलवार ०९:३५

अष्ट्रेलियामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १०० पुग्यो !

मेलबर्न। अष्ट्रेलियामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या एक सय पुगेको छ। न्युमार्च एज्ड केयर हाउसले त्यहाँ बस्दै आएकी ९३ वर्षिया वृद्धाको कोरोना संक्रमणका कारण मृत्य भएको मंगलबार पुष्टि गरेको छ। योसंगै अष्ट्रेलियामा कोरोना भाइरस संक्रमणका कारण निधन हुनेको संख्या १०० पुगेको छ। एज्ड केयर फेसिलिटीमा अहिले सम्म ७१ संक्रमित भेटिएका छन्। जसमध्ये त्यहाँ रहँदै आएका वृद्ध वृद्धा ३७ जना र त्यहाँ काम गर्ने स्टाफ ३४ जना रहेका छन्। Please follow and like...

Read More

अष्ट्रेलियाको भिक्टोरियामा कोरोना संक्रमणका नयाँ केस , एज्ड केयर हाउस लकडाउनमा

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा कोरोना संक्रमणका नयाँ केस भेटिएका छन्। मंगलबार जनस्वास्थ्य अधिकारीले ७ वटा नयाँ केस भेटिएको बताएका हुन्। नयाँ केस मध्येमा दुई वटा एज्ड केयर हाउसका रहेको बताइएको छ। एज्ड केयर हाउसमा बस्नेहरुमा कोरोना भाइरस संक्रमण देखिन थालेपछि केही एज्ड केयर हाउसले अहिले लकडाउन लागु गरेका छन् अर्थात केही समयको लागि बन्द भएका छन्। विस्तृत समाचारको लागि : 7 News Please follow and like...

Read More

बङ्गालको खाडीबाट अम्पुन नामको शक्तिशाली चक्रवात नेपाल आउँदै

काठमाडौं – बङ्गालको खाडीबाट अम्पुन नामको शक्तिशाली चक्रवात नेपाल आउँदैछ । यतिबेला दक्षिण बङ्गालको खाडीको मध्य भागमा अम्पुन चक्रवातले आफ्नो शक्ति बटुलेर अघि बढेको छ । अम्पुन चक्रवात धेरै शक्तिशाली भइसकेकाले त्यसको असर नेपालमा केही दिन तीव्र रूपमा पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चक्रवात अझ शक्तिशाली हुने क्रममा मङ्गलबारबाट पूर्वी नेपालको मौसममा बदली हुँदै नेपाल प्रवेश गर्ने महाशाखाकी मौसमविद् गङ्गा नगरकोटीले बताइन् । उनका अनुसार त्यस चक्रवातको गति उत्तरपश्चिम हुँदै अघि बढिरहेको छ । उनले भारतको पश्चिम बङ्गाल क्षेत्र हुँदै पूर्वी नेपालको पहाडी भूभागमा असर पार्नेछ, त्यसपछि मध्य र पूर्वी नेपालका भूभागमा असर गर्नेछ, जसका कारण त्यस...

Read More

सरकारी कामकाजमा अब नयाँ नक्सा

काठमाडौं – नेपाल सरकारले भारतले एकलौटी कब्जा जमाउने प्रयास गर्दै आएको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको राजनीतिक तथा प्रशासनिक नक्सा पास गरेको छ । आफ्नो अतिक्रमित भूमि फिर्ता ल्याउन नेपाल सरकारले ऐतिहासिक कदम चालेको हो । नेपाल–अंग्रेस युद्धपछि १८१६ मा भएको सुगौली सन्धीमा नेपालको सीमा कालीनदीको मुहान अर्थात लिम्पियाधुरा हुने उल्लेख भए पनि भारतले अधिपत्य जमाउँदै आएको थियो । सरकारले नयाँ नक्सा स्वीकृत गरेसँगै अब नेपालको निसान छाप, सरकारी कामकाज र विद्यालयलगायत सम्पूर्ण क्षेत्रमा भारतद्वारा अतिक्रमित भूमि र देशको संघिय स्वरुप समेटिएको अद्यावधिक नक्सा प्रयोग भएको छ । यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका...

Read More

कोरोना भाइरस महामारीका कारण २५ प्रतिशत वैदेशिक रोजगारी गुम्ने

काठमाडौं – कोरोना भाइरस महाव्याधि (कोभिड १९) ले २५ प्रतिशत वैदेशिक रोजगारी गुम्ने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सोमबार प्रतिवेदन सार्वजनिक गरेको छ । संघले कोरोना भाइरस महामारीको कारणले रोजगारदाता कम्पनी बन्द भई श्रमिकको उद्दार गरी नेपाल फर्काउनु पर्ने श्रमिकको संख्या करिब २० देखि २५ प्रतिशत रहेको संघले जनाएको छ । भिसाको समयावधि समाप्त भएका र रोजगारी गुमाउने करिब ६ लाख नेपाली श्रमिक नेपाल फर्काउनुपर्ने जनाएको छ । दुई वर्षे करार अवधि वा भिसाको समयावधि समाप्त भई स्वदेश फर्कने श्रमिकको संख्या करिब ६० प्रतिशत छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा तुलसी सुवेदीले लेखेका छन् । Please follow...

Read More
  • 1
  • 2