Day: ६ जेष्ठ २०७७, मंगलवार ०२:३०

भिक्टोरियामा बन्द गरिएका १२ म्याकडोनाल्ड्सका ग्राहकहरु जोखिममा नरहेको पुष्टी

कोरोनाभाइरस बाट सङ्क्रमित एक ट्रक ड्राइभरका कारण भिक्टोरियामा रहेका १२ ओटा म्याकडोनाल्ड्सका रेस्टुरेन्टहरु सरसफाईको लागि बन्द गरिदा आफ्ना ग्राहकहरु जोखिममा नरहेको उक्त फास्टफूड विक्रेताले जानाकारी दिएको छ । आफु सङ्क्रमित रहेकोबारे जानकारी नरहेको भनिएको उक्त सवारी चालकले समान पुर्याएका ती रेस्टुरेन्टहरुमा सक्दो सावधानीको लागि सम्बन्धित रेस्टुरेन्टहरु बन्द गर्ने निर्णय गरिएको एक विज्ञप्ति मार्फत म्याकडोनाल्ड्सले बताएको हो। साथै ट्रक ड्राइभरको सम्पर्कमा आएका हुन सक्ने आफ्ना कर्मचारीहरुमा पनि अहिले सम्म कोरोनाभाइरस पुष्टि नभएको उक्त रेस्टुरेन्ट चेनको भनाइ छ। हाल सरसफाईका लागि बन्द गरिएका म्याकडोनाल्ड्स रेस्टुरेन्टहरु मेलबर्नका मेल्टन ईस्ट, ल्याभर्टन नर्थ, याल्लाम्बी, टेलर्स लेक्स, क्याम्पबेलफिल्ड, सन्बरी, हपर्स क्रसिङ्ग, रिभरडेल भिलेज, स्यानडाउन, क्याल्डर...

Read More

न्यु साउथ वेल्सका सबै बिद्यार्थी २५ मे देखि स्कूल फर्कने

कोरोनाभाइरसका कारण गत दुई महिना देखि विद्यार्थीहरु घरबाटै पढ्न बाध्य भएका थिए। आगामी हप्ता देखि न्यु साउथ वेल्सका सरकारी स्कूलका सबै विद्यार्थीहरु आफ्नो कक्षा फर्कने प्रिमियर ग्लाडिस बेरेजिक्लियनले बताएकी छन्। यसका साथ् सोमवार २५ मे देखि राज्यका करिब आठ लाख विद्यार्थीहरु पाँचै दिनका लागि स्कूल फर्कने भएका छन्। गत हप्ता देखि राज्यका स्कूलहरुमा कक्षा १२ का विद्यार्थीहरु औसत एक देखि चार दिन सम्म फर्कन सुरु गरेका थिए भने अन्य कक्षाका विद्यार्थीहरु चाहिं एक दिनको लागि स्कूल गएका थिए।...

Read More
  • 1
  • 2