Day: ९ जेष्ठ २०७७, शुक्रबार १५:२३

शुक्रबार साँझ थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको कूल संख्या ५१६ पुग्यो

काठमाडौं  । नेपालमा शुक्रबार साँझ फेरि ९ जना काेराेना भाइरस  संक्रमण पुष्टि भएको छ । मकवानपुर, भक्तपुर , सप्तरी र बारामा गरि थप ९ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै संक्रमितको संख्या ५१६ पुगेको छ...

Read More

नेपालमा थप २० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो

नेपालमा शुक्रबार दिउँसो फेरि २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । सेती प्रादेशीक अस्पतालमा तीन जना, डडेलधुराका १, बैतडीका १, बाँकेका १४ जना, मोरङका १ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। । योसँगै संक्रमितको कूल संख्या ५०७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म उपचारपछि डिस्चार्ज भएका ७० जना...

Read More

अष्ट्रेलिया सरकारले बढायो सिटिजनसिप वेटिङ्ग पिरियड, दुई वर्ष पर्खनुपर्ने

मेलबर्न। अष्ट्रेलियाको नागरिकताको लागि सरकारले वेटिंग पिरियडको अवधि बढाएको छ। सरकारले नागरिकताको लागि एप्लाई गरेर प्रतीक्षामा रहेकाहरुले सिटिजन सेरेमोनी पछिको औसतमा २३ महिना पर्खनुपर्ने बताएको हो। कोरोना भाइरसका कारण सम्पूर्ण क्षेत्र प्रभावित भइरहेको र नागरिकताको लागि परिक्षा तथा अन्तर्वार्तामा पनि यसले असर पारिरहेकोले वेटिंग पिरियड बढाएको बताइएको छ। Source : SBS...

Read More

सुगौली सन्धिअघि तयार पारिएको ‘स्केच म्याप’ ले समेत भन्छ – लिम्पियाधुरा नै कालीको मुहान

सन् १८१६ को सुगौली सन्धिपछिका ऐतिहासिक नक्सा, तथ्य, प्रमाणले लिम्पियाधुराबाट दक्षिण–पूर्व बग्ने नदीलाई स्पष्टसँग काली नदी किटान गरेको छ । सुगौलीपछि १८४५ को सीमास्तम्भ निर्माण सम्झौता र १८६० को नयाँ मुलुक सन्धि एवं ब्रिटिस सङ्ग्रहालयमा सुरक्षित सुगौली सन्धिअघि तयार पारिएको ‘स्केच म्याप’ ले समेत लिम्पियाधुरा मुहान भई पश्चिमबाट पूर्वतर्फ बगेको नदीलाई काली भनिएको छ । इतिहासकार प्राडा रमेश ढुङ्गेलका अनुसार लिम्पियाधुरा मुहान भई पश्चिमबाट पूर्वतर्फ बग्ने नदी नै काली भएको तथ्य र प्रमाणहरू प्रशस्त छन्। प्रा.डा ढुङ्गेलले भने–“इतिहासका प्रशस्त प्रमाण र नक्साहरू छन् । सन् १९११ को भारतीय अभिलेख भर्खरै प्राप्त गरेको छु । त्यसमा काली नदी कुन हो...

Read More

नेपालमा थप ३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, संक्रमितको कूल संख्या ४८७

काठमाडौं । नेपालमा शुक्रबार बिहान फेरि ३० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र चितवनको भरतपुरमा गरिएको परीक्षणमा शुक्रबार बिहान ३० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थपिएका संक्रमितहरु नवलपुर, चितवन, नवलपरासी,  कपिलवस्तु र सर्लाहीका हुन् । विनय त्रिवेणी गाउँपालिका–६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका-६ केसरबाघ चितवन निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिला रहेका छन् । त्यस्तै नवलपरासी, सुस्ता गाउँपालिका-५ र रामग्राम नगरपालिका ३, १८ निवासी ३३, ३५ वर्षीय पुरुष, १५ वर्षीया किशोरी छन् । यता कपिल वस्तु वाणगंगा नगरपालिका, मायादेवी गाउँपालिका निवासी २४, २५,...

Read More