Day: १५ जेष्ठ २०७७, बिहीबार १४:३०

आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट (हेर्नुहोस् पूर्ण पाठ)

१५ जेठ,चितवन सरकारले बजेटको आकार घटाउदै आगामी वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट पेश गरेको छ । जसमध्ये चालुतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड, पुँजिगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड र वित्तिय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब ७९ करोड रुपैयाँ खर्च विनियोजन भएको छ । अर्थमन्त्री युवराज खतीवडाले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्वोधन गर्दै उहाँले कोरोनाकै कारण बजेटको आकार घटाउनु परेको र चालु आर्थिक वर्षमा २ दशमलव ३ प्रतिशत आर्थिक वृद्धिदरको प्रक्षेपण गरिएको छ । हेर्नुहोस् बजेटको पूर्ण पाठ । पढ्नलाई क्लिक गर्नुहोस् । http://https://assets.documentcloud.org/documents/6931438/Nepal-Budget-2020-21.pdf  ...

Read More

अनलाइन, रेडियो तथा टेलिभिजनबाट नयाँ शैक्षिकसत्रको पठनपाठन

काठमाडौँ — सरकारले आगामी शैक्षिकसत्रको पठनपाठन भर्चुअल, अनलाइन, रेडियो तथा टेलिभिजनको माध्यमबाट अघि बढाउने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले संसदमा आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै कोरोना संक्रमण जोखिमको कारण विद्यार्थीलाई परेको मनोसामाजिक समस्या निवारण गर्न सिर्जनात्मक विकासका कार्यक्रम सञ्चालन गरिने बताए । कोरोना प्रभावका कारण शिक्षण संस्था ठप्प छन् । आगामी वर्षभित्र सबै बालबालिकामा आधारभुत शिक्षाको पहुँच सुनिश्चित गर्ने लक्ष्य लिइएको छ । विद्यालय जाने उमेर समुहका सबै बालबालिकालाई विद्यालय भर्ना गर्ने उनले जनाए । सरकारले विद्यार्थी भर्ना अभियान कार्यक्रम नै सञ्चालन गर्दै आएको छ । मातृभाषामा आधारभुत शिक्षा प्रदान गरिरहेका मदरसा, गुरुकुल, गुम्बाको शिक्षालाई आधारभुत शिक्षाको मुलधारमा आवद्ध गरिने भएको...

Read More

मदिराजन्‍य सामग्रीहरुमा कर बढ्यो

काठमाडौँ — सरकारले मदिराजन्‍य सामग्रीहरुमा कर बढाएको छ । आर्थिक वर्ष २०७७/७८को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले भ्याट लाग्‍ने सामानहरुमा कर बढाउने निर्णय गरेको हो । सरकारले वन पैदावार शुल्कलाई खारेज गरेको छ । वन पैदावार शुल्क आजैबाट खारेज भएको मन्त्री खतिवडाले बताए । सुन तथा गरगहनामा लाग्‍ने भन्सार महसुल पनि बढ्ने भएको छ । सरकारले विशेष उद्योगहरुलाई आयकरमा २५ प्रतिशत छुट दिने समेत व्यवस्था मिलाएको...

Read More

प्रसारण लाइन र सव स्टेशन निर्माणका लागि ३६ अर्ब २ करोड विनियोजन

काठमाडौँ — सरकारले आगामी आर्थिक वर्षमा सव स्टेशन र प्रसारण लाइन विस्तारका लागि ३६ अर्ब २ करोड बजेट विनियोजन गरेको छ ।अर्थमन्त्री युवराज खतिवडाले नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सव स्टेशन र प्रसारण लाइन विस्तारका लागि उक्त रकम विनियोजन गरिएको उल्लेख छ । यस्तै, सरकारले सुनकोसी-मरिन डाइभर्सन बहुउद्देशीय आयोजनाको टनेल निर्माणको कार्य सुरु गर्नका लागि २ अर्ब ४६ करोड विनियोजन गरेको छ ।२ सय वटा सौर्य मिनिग्रीड स्थापना गरी ९६ वटा स्थानीय तहमा विद्युत पुर्याइने बजेटमा उल्लेख छ । आगामी वर्ष भक्तपुर, ललितपुर चितवनजस्ता ठूला सहरमा बिजुलीको तार भूमिगत बनाइने मन्त्री खतिवडालको भनाइ छ । यस्तै सबै प्रदेशमा कम्तीमा एक औद्योगिक क्षेत्र...

Read More

साना र मझौला उद्योगलाई भारी कर छुट

सरकारले साना घरेलु तथा लघु उद्यममा लाग्दै आएको करमा भारी छुट दिने घोषणा गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवाडाद्वारा संसदमा प्रस्तुत बजेटमार्फत कर छुट दिने घोषणा भएको हो । आब ०७६/७७ को आय विवरण अनुसार लघु, घरेलु र साना उद्योगी र ब्यवसायीलार्ई लाग्दै आएको करको दरमा वार्षिक २० लाख रुपैयाँसम्म कारोबार गर्ने करदातालाई ७५ प्रतिशत, २० लाखदेखि ५० लाख रुपैयाँसम्म कारोबार गर्ने करदातालाई ५० प्रतिशत, ५० देखि १ करोड सम्म कारोबार गर्ने कर दातालाई २५ प्रतिशत छुट दिईनेछ । लघु उद्यमलाई आयकर छुटको अवधि २ वर्ष बढाएर ७ वर्षको बनाईएको छ । यसअघि स्थापना भएपछि ५ वर्षसम्म छुट...

Read More

Cake To Nepal

फेसबुक