Day: १९ जेष्ठ २०७७, सोमबार १३:१९

थप १३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या १८ सय ११ पुग्यो

काठमाडौं । सोमबार थप १३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये पाल्पाका २, नवलपरासी (पश्चिम) का १, गुल्मीका १, कपिलवस्तुका ७ र रुपन्देहीका २ जनामा कारोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १८११ पुगेको छ । Please follow and like...

Read More

काेराेना जित्ने गुल्मीका पुरुष भन्नुहुन्छ– ‘मैदानबाट युद्ध जितेर फर्किँदै सिपाही’

गुल्मी – गुल्मीका एक जना काेराेना सङ्क्रमित उपचारपछि निकाे भएर साेमबार घर फर्किनुभएको छ । मदाने गाउँपालिका ६ का ३१ वर्षीय पुरुष काेराेनामुक्त भएर साेमबार दिउँसाे घर फर्किनुभएकाे गुल्मी अस्पतालका डाक्टर उत्तम पाच्यले जानकारी दिनुभएको छ ।   मदाने गाउँपालिका ६ काे पुर्कोटदहका एक शिक्षकमा कोरोना सङ्क्रमको पुष्टि भएर ज्यान गएपछि कन्ट्याक्ट ट्रेसिङकाे आधारमा ती ३१ वर्षीय पुरुषकाे स्वाब परीक्षण गरिएको थियो । स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि उहाँलाई गएकाे १० दिनदेखि सदरमुकाम तम्घासमा रहेको आइसोलेशनमा राखिएको थियो । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले ती पुरुषलाई कोरोना परीक्षण नेगेटिभ देखिएको डिस्चार्ज रिपोर्ट पत्र हस्तान्तरण गर्दै आइसाेलेशन कक्षबाट बिदाइ गर्नुभएको थियो ।...

Read More

नेपालमा कोरोना संक्रमितको संख्या १७ सय ९८ पुग्यो

नेपालमा थप २२६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा डा. विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २२६ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि गरेका हुन्। यो सहित कोरोना संक्रमितको संख्या १७ सय ९८ पुगेको छ।   Please follow and like...

Read More

सलह कीरा नेपाल आउने सम्भावना अत्यन्तै न्यून

काठमाडौं – कृषि बाली तथा वनस्पतिलाई सखाप पार्ने सलह कीरा नेपाल आउने सम्भावना अत्यन्तै न्यून रहेको छ । पछिल्लो समय मौसम परिवर्तन भएपछि नेपालमा आउन सक्ने सम्भावना अत्यन्त न्यून भएको हो । सलह कीरा सुख्खा वातावरण भएको मरुभूमिमा बस्न रुचाउने कीरा भएकाले वर्षायाम (प्रिमनसुन) सुरु हुने क्रम भएकाले नेपालमा आउने सम्भावना अत्यन्तै न्यून रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा गठित प्राविधिक र जैविक पक्षको अध्ययन गर्ने प्राविधिक समितिका संयोजक तथा प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईँले बताए । यो समाचार आजको राजधानी दैनिकमा कौशिला कुँवरले लेखेकी छिन् । Please follow and like...

Read More

पीसीआर परीक्षण निःशुल्क गर्न सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले क्वारेन्टिनमा रहेका सम्पुर्ण व्यक्तिको अविलम्ब पीसीआर विधिबाट निःशुल्क स्वास्थ्य परीक्षण गर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । साथै, क्वारेन्टिनमा रहेकाको हकमा आवश्यक पर्ने स्वास्थ्य सेवा र सुरक्षा प्रबन्ध मिलाउन भनिएको छ । अधिवक्ता पुण्यप्रसाद खतिवडा समेतले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमानसिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासले सो आदेश जारी गरेको हो । यो समाचार आजको राजधानी दैनिकमा छ । Please follow and like...

Read More
  • 1
  • 2