Day: २१ जेष्ठ २०७७, बुधबार १३:४४

डढेलो र कोरोनाका कारण अष्ट्रेलिया २९ बर्ष यताकै मन्दीमा

काठमाडौं , जेठ २१ बिश्ब यतिबेला कोरोना भाइरसको कारण आर्थिक रुपमा तहसनहस बनेको छ । कोरोना भाइरसका कारण बिश्बमा निकै शक्तिशाली मानिएका देशहरु पनि यो कोरोना भाइरस सामु निरिह बनेका छन् । बिश्व अर्थतन्त्रमा ठुलो धक्का लागेको बताईएको छ । यसै बिचमा अष्ट्रेलिया पनि बिश्व अर्थतन्त्रमा ठुलै स्थान ओगटेको देश हो तर यो देश पनि यतिबेला मन्दीमा परेको छ । केहि समय अगाढी लागेको बिनाशकारी डढेलको कारण अर्थतन्त्र कमजोर बनेको थियो भने लगत्तै कोरोना भाइरसको कारण उद्योगधन्दा बन्द हुदा र लकडाउनको कारण अष्ट्रेलियामा २९ बर्ष यताकै मन्दीको मारमा परेको छ । अष्ट्रेलियाका संघीय अर्थमन्त्री जोश फ्राइडेनबर्गले देश आर्थिक मन्दीमा...

Read More

अष्ट्रेलियामा वुलवर्थले आफ्ना कर्मचारीलाई ७५० डलर सेयरको ‘कोरोना भाइरस बोनस’ दिने

मेलबर्न। वुलवर्थले आफ्ना कर्मचारीलाई कोरोना भाइरस बोनस दिनेभएको छ। कोरोना भाइरस कहरमा पनि आफ्ना कर्मचारीहरुले कामलाई प्राथमिकतामा राखेकोमा धन्यवाद स्वरुप वुलवर्थले उक्त बोनस दिनलागेको हो। वुलवर्थले अष्ट्रेलिया र न्युजिल्याण्डमा कार्यरत आफ्ना कर्मचारीहरुलाई बोनस दिने बताइएको छ। बोनस स्वरुप फुल टाइम कर्मचारीहरुले ७५० डलरको सेयर र स्टोर क्रेडिटमा २५० डलर पाउनेछन्। पार्ट टाइम कर्मचारीहरुले स्टोर क्रेडिट र प्रो-राटा बेसीसमा सेयर पाउनेछन्। यो बोनस मार्च महिना भन्दा अगाडी काम थालेका कर्मचारीहरुले पाउने बताइएको छ। कर्मचारीले आफूले बोनस वापत पाएको सेयर आफ्नो इच्छा अनुसार राख्न या बेच्न पाउनेछन्। विस्तृत जानकारीको लागि क्लिक गर्नुहोस् : https://7news.com.au/business/finance Please follow and like...

Read More

अष्ट्रेलियाको तस्मानिया सरकारद्वारा भिसा आवेदकहरुका लागि नियममा छुटको घोषणा

तस्मानिया। तस्मानिया सरकारले स्टेट भिसा नोमिनेसनमा भिसा आवेदकहरुका लागि विशेष छुटको घोषणा गरेको छ। सरकारले कोरोना भाइरसबाट प्रभावितहरुका लागि उक्त भिसा नियममा छुटको घोषणा गरेको हो। यो छुट विद्यार्थी र कामदार भिसाहोल्डर दुवैको लागि रहेको बताइएको छ। उक्त छुटको लागि : अनलाइन पढाइ गरेका विद्यार्थीको हकमा आवेदक विद्यार्थी कोरोना भाइरस प्रभावित समयमा तस्मानियामा नै रहेको र अनलाइनबाट कोर्स पूरा गरेको हुनुपर्नेछ। त्यस्तै, अष्ट्रेलियाभन्दा बाहिर गएका तर कोरोना भाइरसका कारण अड्किएका विद्यार्थीहरुले तस्मानियामा नै आफ्नो पढाइ पूरा गरेको हुनुपर्नेछ। पढाइ पूरा नगरेको विद्यार्थी तस्मानियामा रहेर कलेजको पढाइ कम्तिमा पनि १२ महिना पूरा गरेको हुनुपर्नेछ। कामदारको हकमा आवेदक व्यक्तिको काम कोरोना...

Read More

२०१ कोरोना संक्रमित थपिए

नोभेल कोरोना भाइरसका २०१ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा देशभर २०१ संक्रमित थपिएका हुन् । कोरोना संक्रमण देखिनेमा आज १७९ पुरुष र २२ जना महिला रहेका उनले जानकारी दिए ।पछिल्लो २४ घण्टामा कोरोना भाइरसको आशंकामा पीसीआर ४ हजार ९२४ वटा नुमना संकलन गरे परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । आज कोरोना परीक्षणको दर केही बढेको देखिन्छ । पछिल्लो २४ घण्टामा १२ जना कोरोना निको भएर घर फर्किएका छन् ।हालसम्म देशभरबाट कोरोनालाई जितेर २७८ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । जसमा २२२ जना पुरुष र ५६ जना पुरुषहरु रहेका छन्...

Read More

मजदुर वर्गलाई लक्षित गरी राहतका लागि श्रम कार्यक्रम

काठमाडौं महानगरपालिकाले जारी लकडाउनका कारण बिहान–बेलुकीको छाक जोहो गर्न कठिन हुने मजदुर वर्गलाई लक्षित गरी राहतका लागि श्रम गर्नुपर्ने कार्यविधि कार्यान्वयनमा ल्याएको छ । अब महानगरपालिकाले तोकेको काम गर्नेलाई मात्र राहत उपलब्ध गराउनेछ । यसले राहतको दुरुपयोग हुने क्रम रोकिने महानगरपालिकाले जनाएको छ । यसअघि राहत वितरण गर्दा हुने खाने व्यक्तिसमेत सहभागी भएपछि त्यसलाई रोक्न महानगरले पहिला श्रम र त्यसपछि मात्रै राहतको नीति अख्तियार गरेको हो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले मजदुर र विपन्न वर्गलाई लक्षित गरी राहतका लागि अनिवार्य रुपमा श्रम गर्नुपर्ने कार्यविधि कार्यान्वयनमा ल्याइएको जानकारी दिए । ‘श्रम गरेपछि सोही आधारमा मात्रै राहत दिइनेछ, यो...

Read More
  • 1
  • 2