Day: २४ जेष्ठ २०७७, शनिबार १४:११

अस्ट्रेलिया-न्युजिल्यान्ड हवाई सेवा जुलाईदेखि

अस्ट्रेलिया । जनजीवनलाई सामान्य बनाउँदै आएको अस्ट्रेलियाले जुलाईदेखि न्युजिल्याण्डको भ्रमण खुला गर्ने निर्णय गरेको छ। जसले गर्दा न्युजिल्याण्डवासी पनि अस्ट्रेलिया आउन पाउने भएका छन्। दुवै देश कोरोनाभाइरस संक्रमणलाई नियन्त्रण गर्न सफल भएका छन् र दुई देशबीच यात्राको बाटो खुल्नाले आर्थिक गतिविधि बढ्ने आशा गरिएको छ। यस निर्णयले दुई महिनादेखि ठप्प रहेको पर्यटन क्षेत्रमा केही टेवा पुग्ने विश्वास लिइएको छ। जुलाई १ देखि अस्ट्रेलियाको राजधानी क्यानबेराबाट न्युजिल्याण्डको राजधानी वेलिङ्गटनबीच हवाई सेवा प्रारम्भ हुनेछ। Please follow and like...

Read More

अष्ट्रेलियाको मेलबर्नमा आजदेखि म:म मानिया

मेलबर्न। अष्ट्रेलियाको मेलबर्नमा आजदेखि म:म मानिया सुरु भएको छ। सोलाङ्ग्चरको आयोजनामा म:म मानिया सुरु भएको हो। म : म मानिया The Sovereign Reception Venue , 302 St Georges Rd, Thornbury, मा आज ( जुन ६ ) देखि सोमबार ( जुन ८ ) सम्म चल्नेछ। म:मका विभिन्न स्वाद तथा प्रकार चाख्न पाइने उक्त इभेन्टको आनन्द उठाउनको लागि अग्रिम बुकिङ्ग गर्नुपर्नेछ। इभेन्टबारे आयोजक संस्थाको भनाइ : Solangture brings you the MOMO MANIA to celebrate the arrival of MOMO KINGDOM !!! Varieties of individually hand made delicious momo will be on offer along with varieties of achaar. Dine In or Takeaway. Due...

Read More

सबैको शव क्षतविक्षत अवस्थामा भेटिएपछि रहस्यमय बन्दै घटना

जाजरकोट – पश्चिम रुकुमको सोती घटनामा मारिएका सबै युवाको शव क्षतविक्षत अवस्थामा भेटिएपछि घटना रहस्यमय बनेको छ । शवको प्रकृति हेर्दा उनीहरूलाई हत्या गरेर वा गम्भीर घाइते बनाएर भेरी नदीमा फालिदिएको हुन सक्ने प्रत्यक्षदर्शीले जनाएका छन् । प्रत्यक्षदर्शीको भनाइकै आधारमा सामूहिक हत्याकाण्ड घटाइएको हुन सक्ने आशंका गरिएको छ । घटनापछि बेपत्ता भएका उनीहरूको खोजतलास गर्दा भेरी नदीमा ६ जनाकै शव घाइते र विभिन्न अंगमा गम्भीर चोट लागेको अवस्थामा फेला परेको हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासोका रुपमा हेरिएको सोती घटनामा जाजरकोटका ६ युवाको अकल्पनीय मृत्यु भएको छ । भेरी नगरपालिका–४ का नवराज विक, सन्दीप विक गणेश बुढा, वडा–११ का...

Read More

ज्वरो र खोकी लागेकालाई उड्न निषेध

काठमाडौं – सरकारले वायु सेवा उडानमा संलग्न कम्पनीका लागि नयाँ हवाई उडान मापदण्ड ल्याएको छ । उडानपूर्व वायु सेवा सञ्चालकले जहाजलाई अनिवार्य रूपमा डिस्इन्फेक्ट (निर्मलीकरण) गर्नुपर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले कोभिड १९ को समयमा यसको सङ्क्रमण रोक्नका लागि जारी गरेको नयाँ मापदण्डमा यस्तो व्यवस्थालाई अनिवार्य गरिएको छ । मापदण्डमा हवाई सेवा प्रयोग गर्दा यात्रुले अवलम्बन गर्नुपर्ने नियम तथा वायु सेवा सञ्चालक, विमानस्थल सञ्चालक र भूमिस्थ सेवा संलग्न कर्मचारीले पालन गर्नुपर्ने नियम तथा सुरक्षाका उपाय समेटिएको छ । मापदण्डअनुसार खोकी, ज्वरो, सास फेर्न समस्या भएको तथा स्वाद र गन्ध थाहा नपाउने अवस्थाका व्यक्तिलाई उडानमा पूर्ण रूपमा निषेध...

Read More