Day: २५ जेष्ठ २०७७, आईतवार ११:०१

स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङ : थप २१३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप २१३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । आइतबारको नियमिति प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन्। जसमा २०९ जना पु्रुष र ४ जना महिला रहेका छन् । हालसम्म देशभर कुल संक्रमितको संख्या ३४४८ पुगेको छ । यस्तै बितेको २४ घण्टामा थप १०२ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । जसमा २ जना महिला र १०० जना पुरुष रहेका छन् । योसहित कोरोना निको हुनेको संख्या ४६७ पुगेको देवकोटाले जानकारी दिए । Please follow and like...

Read More

रंगभेदको विरोधमा अमेरिका, यूके र अष्ट्रेलियामा प्रदर्शन

एजेन्सी, जेठ २५ । प्रहरी यातनामा एक अश्वेत अमेरिकी नागरिक जोर्ज फ्लोइड मारिएपछि अमेरिकाबाट शुरु भएको रंगभेदविरोधी प्रदर्शन संसारभर फैलँदै गएको छ । अमेरिकामा बाह्रौं दिन शनिवार पनि जातीय विभेद र प्रहरी क्रूरताविरुद्ध ठूला ठूला प्रदर्शन आयोजना गरिए । बेलायत, अष्ट्रेलिया, क्यानडालगायतका देशमा मानिसहरु कोरोना भाइरसको जोखिमलाई पनि वास्ता नगरी सडकमा ओर्लिएका छन् । अमेरिकी राजधानी वाशिङ्टनमा अहिलेसम्मकै ठूलो प्रदर्शनमा दशौँ हजार मानिस सहभागी भएका छन् । प्रदर्शनमा सहभागिको संख्यालाई ख्याल गर्दै प्रहरीले अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउस पुग्ने सबै बाटा बन्द गरिदिएको छ । वाशिङ्टनमा शान्तिपूर्ण प्रदर्शनकारीहरूलाई मेयर मुरिअल बाउसरले नै स्वागत गरेका छन् । प्रदर्शनले राष्ट्रपति डोनल्ड...

Read More

भारतीय भन्सार एजेन्टहरूले जाँचपास रोक्दा सीमापारि नै रोकिए मालवाहक गाडी

भैरहवा – भारत भन्सार एजेन्टहरूले जाँचपास रोक्दा रुपन्देहीको बेलहिया नाका हुँदै भित्रिने मालवाहक गाडी सीमापारि नै रोकिएका छन् भारतीय भन्सारका क्लियरिङ एजेन्टहरूले जाँचपास नै रोकेपछि सीमापारि सुनौलीमा मालवाहक गाडीको लाम लागेको छ । भैरहवा भन्सार कार्यालयले यो भारततर्फकै समस्या भएको र समाधानका लागि आफ्नोतर्फबाट पनि समन्वय भइरहेको जानकारी दिएको छ । सुनौली ट्रान्सपोर्ट एन्ड क्लियरिङ एजेन्ट एसोसिएसनले आफूहरू भैरहवा भन्सारमा आएर काम गर्न पाउनुपर्ने माग गर्दै गत मङ्गलबार गाडीको जाँचपास रोक्ने संस्थागत निर्णय गरेको थियो । कोरोना भाइरसको सङ्क्रमणका कारण सीमापारि आवतजावतमा रोक लगाइएपछि एसोसिएसनले यस्तो माग गर्दै गाडीको जाँचपास रोकेको हो । जाँचपास रोक्दा आयात प्रभावित भएपछि सरोकारवालाहरूको...

Read More

सुरक्षाकर्मीको दुरुपयोग गर्दै पूर्वप्रधानमन्त्रीहरू

काठमाडौं – पूर्वविशिष्ट व्यक्तिको सुरक्षामा कार्यविधिविपरीत खटिँदै आएका १ सय २० जना सुरक्षाकर्मी फिर्ता भएका छन् । तर, पूर्वप्रधानमन्त्रीहरूले भने अझै पनि सरकारी कार्यविधि नाघेरै सुरक्षाकर्मीको दुरुपयोग गर्दै आएका छन् । सरकारले पूर्वप्रधानमन्त्रीदेखि पूर्वउपप्रधान तथा मन्त्रीहरूसहित अन्य विशिष्ट व्यक्तिको सुरक्षामा कार्यविधिविपरीत खटाइएका सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेपछि केहीले भने त्यसरी खटिएका सुरक्षाकर्मी धमाधम फिर्ता गर्न थालेका छन् । कतिपय पूर्वविशिष्टहरूले आफैंसुर क्षाकर्मीलाई फिर्ता पठाएका छन् । सशस्त्र प्रहरीका डीआईजी एवं प्रवक्ता प्रवीणकुमार श्रेष्ठले पूर्वउपप्रधान, पूर्वगृहमन्त्रीबाट सुरक्षाकर्मी फिर्ता भएको र पूर्वप्रधानमन्त्री र पूर्वराजाबाट फिर्ता भएकोबारे जानकारी नरहेको बताए । सरकारले बनाएको नयाँ कार्यविधिमा भने पूर्वगृहमन्त्रीलाई दुई जना सुरक्षाकर्मी दिने उल्लेख...

Read More

गण्डकी प्रदेशमा आज बिहानै थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । गण्डकी प्रदेशमा आज बिहान थप ३८ जना कोरोना संक्रमित फेला परेका छन् ।स्याङ्जामा १४, बागलुङमा १०, गोरखामा १० र पूर्वी नवलपरासीमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या ११३ पुगेको स्वास्थ्य निर्देशनालय रामघाट पोखराले जनाएको छ । नयाँ संक्रमितहरु स्याङजाको वालिङ नगरपालिकामा १३ जना र भिरकोट नगरपालिकामा एक जना छन् । यस्तै बाग्लुङको बडिगाड गाउँपालिकामा ९ जना र ढोरपाटन नगरपालिकामा १ जना छन् । गोरखाको गण्डकी नगरपालिकाका ९ र पालुङटार नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको छ । यस्तै पूर्वी नवलपरासीका चार जना संक्रमित हुप्सेकोट गाउँपालिकाका हुन् ।  ...

Read More
  • 1
  • 2