Day: २८ जेष्ठ २०७७, बुधबार ०१:४६

प्रधानमन्त्री ओलीले आज सदनलाई सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्लाई जवाफ दिने भएका छन् । प्रधानमन्त्री ओलीले विनियोजन विधेयक–२०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरुमाथि उठेका प्रश्नको जवाफ दिने प्रतिनिधि सभाको कार्यसूची छ । त्यसैअनुसार बिहान ११ बजे संसद् सुरु भएलगत्तै प्रधानमन्त्री ओलीले जवाफ दिने प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । Please follow and like...

Read More

पत्रपत्रिका : केन्द्र सरकारको निर्देशनले स्थानीय तह चिन्तित

जेठ २८,झापा केन्द्र सरकारले १४ दिन क्वारेन्टाइनमा बसेर लक्षण नदेखिएकालाई पिसिआर परीक्षण नगर्न निर्देशन दिएसँगै समुदायस्तरमा कोरोना भाइरस फैलन सक्ने त्रास बढेको छ । एक सय ४८ जना संक्रमित देखिएको झापामा भारतबाट आउनेको संख्या उच्च छ । खुला सिमाना भएका कारण भारतको विभिन्न सहरमा काम गर्न गएका नेपाली स्वदेश फर्कने क्रम बढेकोे छ । संक्रिमितमध्ये एक सय ४७ जना भारतबाट आएका हुन् । झापाका कुनै पनि संक्रमितलाई कोरोनाको लक्षण नदेखिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंले बताए । ‘१४ दिन राखेपछि पिसिआर नगरी पठाउँदा कोरोना नियन्त्रणबाहिर रहन सक्छ । परीक्षण नगर्ने होइन, बरु पिसिआरको दायरा बढाएर जिल्लाजिल्लामा पुर्‍याउनुपर्छ,’ उनी भन्छन्, ‘भारत र तेस्रो देशबाट...

Read More