Day: १८ असार २०७७, बिहीबार ०४:५९

राजनीतिक परामर्श गर्दै प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक एकता र पछिल्ला राजनीतिक घटनाक्रमलाई लिएर स्थायी कमिटी सदस्यहरूसँग परामर्श थालेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका ओलीले सत्तारूढ पार्टीको आन्तरिक एकता, जारी स्थायी कमिटी बैठकका ‘एजेन्डा’ र समसामयिक विषयमा बुधबार बिहान छलफल गरेका छन् । उनले प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटीका सदस्यहरूसँग सामूहिक रूपमा छलफल र सुझाव लिएका थिए । छलफलपछि स्थायी कमिटीको बैठक बसेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्थायी कमिटीको जारी बैठकका कार्यसूचीभन्दा बाहिरका र अहिलेका ज्वलन्त विषयमा प्रधानमन्त्रीले छलफल गरेको जानकारी दिए । स्थायी कमिटी सदस्य भट्टराईका अनुसार अध्यक्ष ओलीले पार्टीभित्र...

Read More

अष्ट्रेलियामा कोरोना संक्रमण बढेसँगै मेलबर्नका ३६ क्षेत्रमा लकडाउन

१८ असार , काठमाडौं अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरस (कोभिड-१९) का संक्रमितको संख्या बढेसँगै मेलबर्नका तीन लाखभन्दा धेरै मानिसको बसोबास रहेको उपनगरहरुमा लकडाउनको घोषणा गरिएको छ । बुधबार मध्यरातदेखि लागु हुने गरी उक्त क्षेत्रमा पुनः लकडाउनको निर्णय गरिएको हो । यो लकडाउन चार सातासम्म जारी रहनेछ । बुधबार दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मात्र भिक्टोरिया राज्यमा कोरोना भाइरसका ७३ नयाँ संक्रमित फेला परेका थिए । अष्ट्रेलियाको दोस्रो सबैभन्दा धेरै मानिसको बसोबास रहेको राज्यमा दुई सातायता निरन्तर कोरोना भाइरसका नयाँ संक्रमितको संख्या दोहोरो अंकमा देखिएको छ । भिक्टोरियाका प्रिमियर ड्यानिअल एन्ड्रयुले संक्रमण दर पछिल्लो समय स्थिर देखिएको पनि उल्लेख...

Read More

भारतले चिनियाँ एप्स प्रतिवन्ध गर्दा अमेरिकी राष्ट्रपति ट्रम्प दंग!

वासिङटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनप्रति कडा आलोचना गर्दै भारतले चिनियाँ एपमाथि लगाएको प्रतिवन्धको स्वागत गरेका छन्। चीनले कोरोना भाइरस पेन्डेमिक फैलाएको आरोप लगाउँदै आएका ट्रम्पले बेइजिङविरुद्ध एक भएर लाग्नुपर्ने समेत बताए। भाइरस संक्रमणमा चीनलाई दोष दिँदै आएका ट्रम्पले विश्व अर्थतन्त्र तहसनहस बनाउन पनि बेइजिङकै भूमिका रहेको बताएका छन्। उनले त्यसविरुद्ध सबै एक भएर लाग्नुपर्ने बताएका हुन्। चिनियाँ भाइरस भन्दै चीनप्रति कडा रुपमा प्रस्तुत हुँदै आएका ट्रम्पले सामाजिक दुरी र लकडाउनको समेत विरोध गरेका थिए। त्यसको परिणाम अमेरिका कोरोना भाइरसकबाट सबैभन्दा बढी संक्रमित छ। कोरना भाइरसविरुद्ध सक्रिय हुनुको साटो चीनको आलोचनामा समय धेरै खर्चेको ट्रम्पमाथि आरोप छ। गए रात उनले ट्विट...

Read More

आज बिहानै ८ संक्रमित थपिए, गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार नाघ्यो

काठमाडौं- गण्डकी प्रदेशका ४ जिल्लामा विहीबार विहान थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डाकटर विनोद बिन्दु शर्माका अनुसार तनहुँमा ३, स्याङजामा २, बाग्लुङमा १ र पर्वतमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सबै संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशक शर्माको भनाइ छ । थपिएका आठै जना पुरुष हुन् । याे संगै गण्डकीमा संत्रफमितकाे संख्या १०१४ पुगेकाे छ । Please follow and like...

Read More